बिहीबार गर्न नहुने पाँच काम | Khabarhub Khabarhub

बिहीबार गर्न नहुने पाँच काम


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ।

शास्त्रअनुसार बिहीबारका दिन केही कामहरु भने बर्जित गरिएको छ। बृहस्पति ग्रहको अनुकूलताको लागि केही यस्ता कार्यहरु हुन्छन् जुन बिहीबारको दिन गर्नु उचित मानिँदैन।

बिहीबारलाई धार्मिक दिन मानिन्छ। ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ।

बिहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने विश्वास गरिन्छ। तर बिहीबार केही काम गर्न भने निषेध गरिएको छ।१. कपाल नुहाउनु हूँदैन, २. रौं काट्नु हुँदैन, ३. दारी काट्ने वा नङ काट्ने, ४. भारी कपडा धुनु र फोहोर गर्नु हुँदैन, ५. लक्ष्मीको मात्र पुजा पनि गर्नु राम्रो मानिदैन।

शास्त्रमा बिहीबार कपाल नुहाउन नहुने उल्लेख छ। खासगरी महिलाहरुले बिहीबार कपाल नुहाउनु अशुभ मानिन्छ।

महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिकोरुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ। बिहीबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ।

बिहीबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ। वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ। बिहीबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ। यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ।

बिहीबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ। यस्ता कार्य बिहीबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ।

बिहीबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस्। त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि बिहीबार नगर्नु नै उत्तम हुन्छ।

बिहीबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन। बिहीबारको दिन ठूला ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ। बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ। बिहीबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ। घरको सरसफाइ सकेसम्म बिहीबार नगर्नु नै राम्रो हुन्छ।

बिहीबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ। यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन। पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ। यसले पति पत्निबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ५ : ३० बजे

मुग्लिन-नारायणगढको तुइन खोलामा विशाल पहिरो, यातायात अनिश्चितकाललाई बन्द

काठमाडौं– चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक मंगलबार विशाल पहिरो खसेको

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

मोरङ–  विराटनगर महानगरपालिका-१७ बाट स्रोत नखुलेको रकम १४ लाख ५० हजार

भारत र चीनका राजदूतहरूसँग अर्थमन्त्री खनालको भेटघाट

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव

हमासले हतियार समर्पण गर्नुपर्छ : राष्ट्रपति अब्बास

एजेन्सी– प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले ‘आतङ्कवादी’ समूह हमास र अन्य

‘दसैँ त आयो, मनमा खुसी आएन’ 

काठमाडौं– आज बिहानै गोमा विष्ट शङ्खमूल पार्क छेउमा माटो र