आईपीएलः नवप्रवेशी गुजरात टाइटन्स शीर्ष स्थानमा « Khabarhub

आईपीएलः नवप्रवेशी गुजरात टाइटन्स शीर्ष स्थानमा


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को नवप्रवेशी टोली गुजरात टाइटन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

बुधबार राति मुम्बईमा भएको रोमान्चक खेलमा सनराईजर्स हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात तालिकाको शीर्ष स्थानमा पुगेको हो।

गुजरातले पहिलो खेलमा व्यहोरेको हारको बदला लिँदै आठ खेल खेल्दा १४ अंक बनाएको छ। गएराति भएको खेलमा हैदरावादले दिएको १ सय ९६ रनको लक्ष्य गुजरातले २० ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो।

गुजरातका लागि रिद्दिमान शाह ६८, राहुल टेवाटिया ४०, राशिद खान ३१, सुबमन गिलले २२ रन जोड्दा डिभिड मिलर १७ र कप्तान हार्दिक पान्डयले १० रन बनाए। हैदरावादका उम्रन मलिक एक्लैले ५ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो।

हैदरावादका अविशेक शर्मा ६५, एडिन मार्क्रम ५६, शशांक सिंहले अविजित २५ र राहुल त्रिपाठीले १८ रन जोडे। गुजरातका मोहमद शामीले ३ विकेट लिँदा यश डायल र अल्जारी जोसेफले एकएक विकेट हात पारे।

८ खेलमा १० अंक जोडेको हैदरावाद तेस्रो स्थानमा छ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ५ : ४३ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका