गायक प्रमोद खरेल सवारी दुर्घटनामा « Khabarhub

गायक प्रमोद खरेल सवारी दुर्घटनामा


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायक प्रमोद खरेलले आफू गम्भीर सवारी दुर्घटनामा परेको जानकारी दिएका छन् ।

दाङको तुलसीपुरमा हुने कार्यक्रममा सहभागी हुन होटेलमा जानेक्रममा बिहीबार साँझ आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको उनले बताए ।

दुर्घटनामा परेपछि बेहोस भएका गायक खरेलको ४५ मिनेटमा होस खुलेको बताएका छन् । राति नै डिस्चार्ज भएर गायक खरेल काठमाडौँ आएर सिटी स्क्यानलगायत सबै परीक्षणपछि अहिले आराम गरिरहेको उनले जानकारी दिए ।

उनका अनुसार बाहिरी चोट भए पनि आन्तरिक रुपमा कुनै समस्या नदेखिएको र विस्तारै सामान्य हुनेक्रममा रहेको गायक खरेलको भनाइ छ ।

दुर्घटनामा परेपछि गायक खरेलले दुई चार दिन रेकडिङसहितका सबै कार्यक्रम स्थगित गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  १२ : ३१ बजे

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६