काठमाडौं महानगरको प्रमुख हाम्रो मान्छे नहुँदा पीडा भोगेका छौं : गगन थापा « Khabarhub

काठमाडौं महानगरको प्रमुख हाम्रो मान्छे नहुँदा पीडा भोगेका छौं : गगन थापा


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिको प्रमुख आफ्नो मान्छे नहुँदा निकै पीडा भोगेको बताएका छन् । काठमाडौं जिल्लाबाट निर्वाचित थुप्रै कांग्रेस सांसद्हरूले काठमाडौं महानगरमा नेपाली कांग्रेसको प्रमुख नहुँदा निकै पीडा भोगेको बताए । 

‘काठमाडौंमा हामीले धेरै सांसद भएर पनि काम गर्न सकेनौँ । काठमाडौं महानगरपालिकाको मेयर हाम्रो मान्छे भएको भए पाँच वर्षमा धेरै काम गर्न सकिन्थ्यो । तर, नहुँदाको पीडा हामीले भोगेका छौं,’ थापाले भने । 

काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई अत्यधिक मतले निर्वाचित गराउन अनुरोध गर्दै उनले भने, ‘उहाँले कुनै नौला सपना देखाउनु भएको छैन । दिनहुँ तपाईं हामीले देखेको र भोगेको पीडालाई समाधान गर्ने उहाँको संकल्प छ ।’ 

सिर्जना सिंहबाट कुनै चमत्कार नेदख्न अनुरोध गर्दै अघिल्लो पटक सूर्यमा भोट हालेका मतदातालाई समेत यसपटक सिर्जना सिंहलाई मतदान गर्न अपिल गरे । 

आफू पाँच वर्षमा स–साना काम गर्न नपाएर छट्पटाएको मान्छे भएको भन्दै थापाले भने, ‘हामी महानगरसँग सहकार्य गरेर स–साना काम गर्न आतुर छौं । त्यसका लागि पनि हामीलाई उहाँलाई भोट दिनै पर्छ ।’  

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  १ : ४४ बजे

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ – पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान।