ट्याङ्करले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु « Khabarhub

ट्याङ्करले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु


१५ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिकाको भित्रि सडकमा दूध बोकेको ट्याङ्करले साइकलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ ।

 भरतपुर महानगरपालिका–११ शान्ति मार्गमा भोजाडबाट विशालचोकतर्फ आउँदै गरेको बा २ क ४५७५ नं को ट्याङ्करले सोही दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई आज दिउँसो ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते बाराको महागढीमाई नगरपालिका–५ बस्ने २० वर्षीय प्रमित भनिने आदित्य जैसवालको उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार साइकललाई ठक्कर दिने ट्याङ्कर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  २ : २९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको