काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा खालिबारी युथ फुटबल क्लबले पहिलो जित निकालेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दिउँसो भएको खेलमा खालीबारीले वीरगञ्ज युथ एकेडेमीलाई २–० गोलअन्तरले पराजित गरेको हो ।
खालिबारीको जितमा सन्दीप गुरुङ र सुदीप केसीले गोल गरे ।
खालिबारीका सन्दीप गुरुङ म्यान अफ द म्याच घोषित भए ।
आजै हुने अर्को खेलमा महावीर क्लब र सानेपा क्लब दिउँसो ४ बजे आमने सामने हुनेछन् ।
प्रतिक्रिया