सर्लाहीका १७ उम्मेदवारविरुद्ध उजुरी « Khabarhub

सर्लाहीका १७ उम्मेदवारविरुद्ध उजुरी


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीका विभिन्न स्थानीय निकायका १७ उम्मेदवारविरुद्ध उजुरी परेको छ । 

सबैभन्दा धेरै जिल्लाको बसबरिया गाउँपालिकामा उम्मेदवारी दिएका सातविरुद्ध उजुरी परेको हो । बागमती नगरपालिकामा चार उम्मेदवारविरुद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृत ध्रुबकुमार पियाले जानकारी दिए । 

बलरामा दुई तथा लालबन्दी, कविलासी, रामनगर र ब्रह्मपुरीमा एक–एक उजुरी दर्ता भएका छन् । ती उजुरीमाथि बिहिबार साँझसम्म छानबिन गर्ने र दोषी प्रमाणित भए उम्मेदवारी रद्द गरिने पियाले  जानकारी दिए । 

बलराको प्रमुखका उम्मेदवार अभयकुमार सिंह र बाग्मती नगरका प्रमुखका उम्मेदवार भरतकुमार थापाविरुद्ध उजुरी परेको हो । अन्य पालिकामा पनि विभिन्न उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

थापाविरुद्ध प्रहरीको कारबाहीमा मारिएका कुमार पौडेलका बुबा खिलकराज पौडेलले उजुरी दिएका हुन् । पौडेल घटनामा मृतकका बुबाले दिएको किटानी जाहेरीमा थापाको नामसमेत भएको र सर्वोच्च अदालतले पनि छानविन गर्न आदेश दिएको उल्लेख गरिएको छ । त्यस्तै सिंहविरुद्ध बेरुजु तिर्नुपर्ने र पेश्की फछर्यौट गर्नुपर्ने भन्दै उजुरी परेको हो ।

महालेखा परीक्षकको कार्यालयको २०७८ को वार्षिक प्रतिवेदनमा बलरा नगरको लेखापरीक्षण प्रतिवेदन अनुसार रु ११ करोड ८० लाख १८ हजार बेरुजु देखिएको र रु पाँच करोड ३६ लाख ८४ हजार असुली गर्नुपर्ने उल्लेख गरिएको छ । सिंह र अर्का एकजना वडाध्यक्ष विरुद्ध उजुरी परेको बलराका निर्वाचन अधिकृत रञ्जितकुमार यादवले  जानकारी दिए । 

वैशाख ३० मा हुने स्थानीय निकायको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरुद्धमा बैशाख १४ मा दावी विरोधको उजुरी गर्ने समय दिइएको थियो ।

नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको उम्मेदवारमाथि उजुरी दिन सकिन्छ । 

यस्तै भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने व्यक्ति पनि उम्मेदवार हुन पाउँदैनन् । 

जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्तिले उम्मेदवारी दिएको भए सो उम्मेदवारी पनि रद्द हुन सक्छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ३ : ३४ बजे

चर्का भाषण गर्नेबाट देश रूपान्तरण हुन सक्दैन: महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले चर्का भाषण

आन्दोलनले चिन्ने, सत्ताले नचिन्ने युवाशक्ति

लामो इतिहासपछि देश युवाको काँधमा सरेको छ । यसअघिका सारा

राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा– ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी खेलाडीको विवादित गायन: ‘फकल्यान्डका लागि इंग्ल्यान्डलाई हराउँछौँ’

काठमाडौँ – विश्वकपको सेमिफाइनलमा साविक उपविजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको भेट