प्रधानमन्त्री रोजगार कार्यक्रम : मर्स्याङ्दीमा २ हजार ३ सय युवाले पाए रोजगारी « Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रम : मर्स्याङ्दीमा २ हजार ३ सय युवाले पाए रोजगारी


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २ हजार ३ सय युवाले रोजगारी पाएका छन् ।

मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित यस कार्यक्रमअन्तर्गत एक हजार ३६३ पुरुष र ९३७ महिला गरी उक्त सङख्यामा युवाले रोजगारी पाएका हुन् । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत फागुन महिनासम्म पालिकाका बेरोजगार युवाले रोजगारी पाएका हुन् ।

यहाँ गाउँपालिकामा सूचीकृत बेरोजगारको संख्या दुई हजार ३०० रहेकामध्ये एक हजार ३ सय ६३ पुरुष र ९ सय ३७ महिला छन् । तीमध्ये उक्त संख्याले रोजजगारी पाएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमका लागि कुल बजेट दुई करोड ८० लाख २० हजार रुपैयाँ रहेको पालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष गुरुङले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको र यसले गाउँ विकासका साथै युवाले रोजगारी पाउँदा उनीहरुलाई थप सहज भएको बताए । रोजगारी पाएका युवाले पालिकाका विभिन्न स्थानमा बाटो र सिँढी बनाउने, नयाँ बाटो खोल्ने, नाली निर्माण गर्ने, मोटरबाटो सोलिङ गने, बाटो सफा गर्ने लगायतका काम गरिरहेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ६ : ३७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु