प्रधानमन्त्री रोजगार कार्यक्रम : मर्स्याङ्दीमा २ हजार ३ सय युवाले पाए रोजगारी « Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रम : मर्स्याङ्दीमा २ हजार ३ सय युवाले पाए रोजगारी


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २ हजार ३ सय युवाले रोजगारी पाएका छन् ।

मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित यस कार्यक्रमअन्तर्गत एक हजार ३६३ पुरुष र ९३७ महिला गरी उक्त सङख्यामा युवाले रोजगारी पाएका हुन् । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत फागुन महिनासम्म पालिकाका बेरोजगार युवाले रोजगारी पाएका हुन् ।

यहाँ गाउँपालिकामा सूचीकृत बेरोजगारको संख्या दुई हजार ३०० रहेकामध्ये एक हजार ३ सय ६३ पुरुष र ९ सय ३७ महिला छन् । तीमध्ये उक्त संख्याले रोजजगारी पाएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमका लागि कुल बजेट दुई करोड ८० लाख २० हजार रुपैयाँ रहेको पालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष गुरुङले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको र यसले गाउँ विकासका साथै युवाले रोजगारी पाउँदा उनीहरुलाई थप सहज भएको बताए । रोजगारी पाएका युवाले पालिकाका विभिन्न स्थानमा बाटो र सिँढी बनाउने, नयाँ बाटो खोल्ने, नाली निर्माण गर्ने, मोटरबाटो सोलिङ गने, बाटो सफा गर्ने लगायतका काम गरिरहेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ६ : ३७ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित