टोखामा नगरकार्यपालिका ८ सदस्य चुनिए « Khabarhub

टोखामा नगरकार्यपालिका ८ सदस्य चुनिए


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको टोखा नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको हो ।

टोखा नगरपालिकाका निर्वाचन अधिकृत सविता शर्माले पाँच महिला र तीन दलित तथा अल्पसङ्ख्यक सदस्य गरी आठ सदस्यको निर्वाचन सम्पन्न भएको जानकारी दिए ।

उनका अनुसार पाँच महिला सदस्यमा नेकपा एमालेका उम्मेदवार सुनिता श्रेष्ठ परियार नेपाली, सायरा परियार, जगतमाया प्रजापति महर्जन, लिलादेवी अधिकारी र शान्ता राई रहेका छन् ।

यस्तै, दलित तथा अल्पसङ्ख्यक सदस्यमा एमालेकै बच्चुराज बस्याल, सरिता घले र प्रेमकुमार सुनुवार निर्वाचित हुनुभएको निर्वाचन अधिकृत शर्माले बताए । नवनिर्वाचित कार्यपालिका सदस्यलाई शुक्रबारै प्रमाणपत्र वितरण गरिएको छ ।

अन्तिम मतपरिणाम आएको तीन दिनभित्र कार्यपालिकाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने र १५ दिनभित्र निर्वाचन सम्पन्न गरिसक्ने गाउँ तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशिका–२०७८ मा व्यवस्था रहेको छ ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मुरारी तामाङ विजयी भएका थिए।

यस्तै, टोखाको अधिकांश वडामा पनि नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । टोखा नगरपालिकामा ११ वडा रहेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ७ : ३१ बजे

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक