अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसका अवसरमा विविध कार्यक्रम  « Khabarhub

अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसका अवसरमा विविध कार्यक्रम 


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– आज २८ मे  अर्थात अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस । विश्वभर आज विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइदै छ ।  यही क्रममा जुम्लामा पनि चन्दननाथ–९ का ४० भन्दा बढी महिलालाई स्यानिटरी प्याड वितरण गरिएको छ ।

Avatar

एसएनभी नेपाल, मित्र नेपाल, पेस नेपाल र चन्दननाथ नगरपालिका–९ वडाको कार्यालयको आयोजनामा  महिनावारीका विषयमा विभिन्न छलफल तथा चेतनामूलक कार्यक्रम गरिएको छ । कार्यक्रममा महिनावारी मैत्री शौचालय भए नभएको, महिनावारी हुँदा गरिने खानपिन तथा सरसफाइ बारे छलफल गरिएको छ । कार्यक्रममा किशोरीहरूमा महिनावारी बारे पर्याप्त सूचनाको अभाव रहेको र त्यसले उनीहरूको शिक्षा र स्वास्थ्यमा असर परेको एसएनभी नेपालका नन्दलाल धरालाले बताए । 

महिनावारी प्राकृतिक प्रकृया हो । महिनावारी हुनु आमा बन्न तयार हुनु हो । महिनावारी स्वच्छता कार्यक्रममा चन्दननाथ  नगरपालिकाका उपमेर रामदेवी खड्काले गम्भीर समस्याको रुपमा रहेको छाउपडी प्रथालाई न्यूनिकरणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताइन । उनले भनिनु, ‘न्युन आय भएका महिलालाई महिनावारी स्वच्छता कायम गर्न समस्या परेको छ । ’ उनले दिवसको रुपमा नभएर सबै कुरा व्यवहारमा लागू गर्नु पर्ने बताइन । उपमेयर खड्काले महिनावारी हुँदा सबैभन्दा बढी पोषिलो खाने कुरा खान र  सरसफाइमा ध्यान दिन आग्रह गरिन् ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १ : ५९ बजे

भोटेकोशीले पढाएको पाठ : नेपाल-चीन-भारत भौगर्भिक सहकार्य

काठमाडौं– सन् २०२६ अगस्ट २६ मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई

सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्