ढुंगा लागेर बैतडीमा एक महिलाको मृत्यु « Khabarhub

ढुंगा लागेर बैतडीमा एक महिलाको मृत्यु


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको सिगासमा ढुंगा लागेर एक महिलाको ज्यान गएको छ । जिल्लाको सिगास गाउँपालिका- १ सिराड बस्ने मैना धामीको बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले शुक्रबार साँझ वडा नम्बर १ को आफ्नो घरबाट वडा नम्बर ३ स्थित घरमा धान ल्याउनका लागि गइरहेका बेला बाटोमा माथिबाट खसेको ढुंगा लागेर उनको घटनास्थलमै ज्यान गएको हो ।

साँझको समयमा हावाहुरी र पानी परेका बेला माथिबाट खसेको ढुंगाले मैनाको टाउकोमा लागेको र घटनास्थलमै मृत्यु भएको जोशीले बताए । ती महिलाको शव पोस्टमार्टमका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ६ : ०८ बजे

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी