अनुसन्धान समिति गठनपछि दाहालको शव बुझ्न आफन्त तयार  « Khabarhub

अनुसन्धान समिति गठनपछि दाहालको शव बुझ्न आफन्त तयार 


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शंकास्पद अवस्थामा मृत फेला परेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेका ६३ वर्षीय मणिराम दाहालको शव बुझ्न आफन्त तयार भएका छन् । दाहालको रहस्यमय मृत्यु भएको भन्दै छानबिनको माग सहित विरोध प्रदर्शनमा उत्रिएका आफन्त घटनाको विषयमा अनुसन्धान समिति गठन गरेपछि शव बुझ्न तयार भएका हुन् । 

शनिबार जिल्ला अस्पतालबाट जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको मृतकका आफन्त, प्रशासन, प्रहरी लगायतको वार्ताले प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान समिति बनाएपछि मृतक परिवार शव बुझ्न तयार भएका हुन् । 

समितिको सदस्यमा प्रहरी नायब निरीक्षक गोविन्दकुमार खत्री, प्रहरी सहायक निरीक्षक कुमार विष्ट, प्रहरी हवलदार विपिन योगी, प्रहरी हवलदार कैलाश लिम्बू र प्रहरी जवान सोमप्रसाद पहाडी राखिएका छन् । घटनाको विषयमा अनुसन्धान समिति बनाउने निर्णयसँगै मृतकका आफन्त शव बुझ्न तयार भएको वडाध्यक्ष खगेन्द्र राईले बताए । 

दाहाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलको हाटडाँडास्थित क्षितिज बहुउद्देश्यीय सहकारीको कार्यालय रहेको घरको आफ्नै कोठामा शुक्रबार बिहान मृत फेला परेका थिए । घटनाको सर्जमिन मुचुल्का तयार पार्नेक्रममा दाहालको साथमा भएको मोबाइल हराएको भन्दै आफन्तले घटनालाई थप शंकास्पद मानेका छन् । घटनाको प्रकृति ‘मृत्यु नभई हत्या भएको’ छोरा नवराज दाहालले दाबी गरे । दाहालको मृत्युका विषयमा छानबिन गरी दोषी पत्ता लगाइनुपर्ने माग सहित आफन्तले शनिबार जिल्ला अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्म नारा जुलुस प्रदर्शन गरेका थिए । 

दाहालको शव सड्न लागेको र पहिचान गर्नै नसकिने अवस्थामा आफन्तले फेला पारेर खबर गरेका थिए । शव कोठामा खाटमा नभई भुईँमा सिरकले ढाकेको अवस्थामा भेटिएको थियो । मुखबाट रगत निस्किएको, आँखामा नीलडाम लागेको, नाइटो भन्दा माथिल्लो भाग निलो भएको अवस्थामा दाहालको शव भेटिएको स्थानीय भोजराज अधिकारीले बताए । दाहाल बस्दैआएको दुई कोठामध्ये एउटा कोठा लिपपोत गरिएको र र्‍याल चुहिएको पाइएको छ । घटना प्रकृति शंकास्पद देखिएकाले सुक्ष्म ढंगबाट अनुसन्धान गर्नुपर्ने आफन्तको माग छ । 

यस्तै, नेपाल प्रेस युनियनले दाहालको मृत्युको विषयमा सत्यतथ्य पत्ता लगाउन र वास्तविकता बाहिर ल्याउन माग गरेको छ । युनियनका सचिव चिसाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा प्रहरीसँगै नजिक रहेको स्थानमा भएको घटनाको विषयमा यथाशीघ्र अनुसन्धान गरी नतिजा बाहिर ल्याउन माग गरिएको छ । 

मृतक दाहाल नेपाल पत्रकार महासंघ जिल्ला शाखाका संस्थापक सदस्य, नेपाल प्रेस युनियन जिल्ला शाखाका संस्थापक सह संयोजक थिए । उनी क्षितिज बहुउद्देश्यीय सहकारी संस्थाको वर्तमान अध्यक्ष, ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष र कांग्रेसका क्षेत्रीय प्रतिनिधि थिए । 

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ९ : २८ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था