जसपाका मन्त्रीलाई फिर्ता बोलाउने यादव पक्षको निर्णय | Khabarhub Khabarhub

जसपाका मन्त्रीलाई फिर्ता बोलाउने यादव पक्षको निर्णय


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेका छन् ।

सोमवार अबेर राति बसेको यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा रहेका चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । साथै बैठकले नयाँ मन्त्री पठाउने अधिकार अध्यक्ष यादवलाई हुने निर्णय गरेको छ ।

यादव पक्षको बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका कुनै पनि नेतालाई बोलाइएको थिएन। मन्त्री पठाउनेलगायतका विषयमा डा. भट्टराई र यादवबीच मतभिन्नता छ ।

कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले बाबुराम भट्टराई, महेन्द्र यादवसहित केही नेताहरूलाई कारबाही गर्ने अधिकार पनि उपेन्द्र यादवलाई दिएको छ।

हाल जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन्।

एकीकृत समाजवादी पार्टीले मन्त्री फेरेलगत्तै सोमबार बिहान नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर यादवले आफ्नो पार्टीका मन्त्री पनि फेरबदल गर्ने बताएका थिए । प्रचण्डले पार्टीबाट औपचारिक निर्णय गरेर आउन सुझाएको बताइएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ९ : ५६ बजे

१६ मुलुकका कर प्रशासक र विज्ञ नेपालमा, कर नीतिबारे सामूहिक धारणा बनाउन सुझाव

काठमाडौं – कर प्रणालीमा निष्पक्षता, पारदर्शीता, दक्षता र प्रभावकारितामा सुधार

एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल

रसुवा– नेकपा एमाले रसुवाको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा जनार्दन

उपेन्द्रको जवाफ : माधव नेपाललाई प्रधानमन्त्री बनाउन सरकार ढाल्न खोजेको होइन

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले

१६ देशका कर प्रशासक र विज्ञ नेपालमा

काठमाडौं– आन्तरिक राजश्वको प्रभावकारी कार्यान्वयनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय

मानव तस्करीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

काठमाडौं– मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलाली गौरीगंगा नगरपालिका-२ घर