जसपाका मन्त्रीलाई फिर्ता बोलाउने यादव पक्षको निर्णय « Khabarhub

जसपाका मन्त्रीलाई फिर्ता बोलाउने यादव पक्षको निर्णय


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेका छन् ।

सोमवार अबेर राति बसेको यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा रहेका चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । साथै बैठकले नयाँ मन्त्री पठाउने अधिकार अध्यक्ष यादवलाई हुने निर्णय गरेको छ ।

यादव पक्षको बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका कुनै पनि नेतालाई बोलाइएको थिएन। मन्त्री पठाउनेलगायतका विषयमा डा. भट्टराई र यादवबीच मतभिन्नता छ ।

कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले बाबुराम भट्टराई, महेन्द्र यादवसहित केही नेताहरूलाई कारबाही गर्ने अधिकार पनि उपेन्द्र यादवलाई दिएको छ।

हाल जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन्।

एकीकृत समाजवादी पार्टीले मन्त्री फेरेलगत्तै सोमबार बिहान नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर यादवले आफ्नो पार्टीका मन्त्री पनि फेरबदल गर्ने बताएका थिए । प्रचण्डले पार्टीबाट औपचारिक निर्णय गरेर आउन सुझाएको बताइएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ९ : ५६ बजे

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ