भारतमा १० सेकेण्डमै दुई गगनचुम्बी भवन भत्काइएपछि... | Khabarhub Khabarhub

भारतमा १० सेकेण्डमै दुई गगनचुम्बी भवन भत्काइएपछि…


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा गैरकानूनी रुपमा निर्माण गरिएका दुई गगनचुम्बी भवन भत्काइएको छ । भारतीय अधिकारीहरुले राजधानी नयाँ दिल्ली नजिक रहेको नोइडा क्षेत्रमा निर्माण गरिएका गगनचुम्बी भवन भत्काइदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यी गगनचुम्बी भवनको उचाइ १०३ मिटर अर्थात् ३३८ फिट रहेको जनाइएको छ । भवन भत्काउनका लागि ३ हजार ७ सय किलो विस्फोटक पदार्थको प्रयोग गरिएको थियो ।

विस्फोटनको १० सेकेण्डमा नै ती भवनहरु ध्वस्त भएको जनाइएको छ । भवन भत्काउने क्रममा नजिकै रहेका घरको छतमा बसेर स्थानीयहरुले चिच्याएर खुशीयाली मनाएका थिए ।

भारतको सर्वोच्च अदालतले गत वर्ष नोइडा क्षेत्रमा निर्माण गरिएका अवैध भवन भत्काउने आदेश जारी गरेको थियो । यी भवनहरुले अग्नि नियन्त्रणका लागि आवश्यक सुरक्षाका उपाय अवलम्बन नगरेको पाइएको थियो ।

भवन भत्काएसँगै आसपास कुनै क्षति भए/नभएकोबारे छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ । अवैधानिक रुपमा धेरै भवनहरुको निर्माण भएपनि भारतमा भवन ध्वस्त पार्ने यस्तो कार्य निकै दुर्लभ मात्रै हुने गरेको बताइन्छ ।

ती भवन भत्काउनु अघि सो क्षेत्रमा रहेका हजारौँ मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको थियो । नजिकैका केही भवनमा भने धुलो नपसोस् भन्नाका लागि प्लास्टिकले छोपिएको थियो ।

नोइडाको ‘एपेक्स’ र ‘केयन’ टावर नाम दिइएका ती भवन भत्काउने बेला सो क्षेत्रमा ट्राफिक प्रभावित भएको थियो भने भवन भत्काइसकेपछि धुलोको मुस्लो उडेको देखिन्थ्यो ।

अग्निनियन्त्रकहरुले भवन भत्केपछि उत्पन्न धुलो कम गर्न पानीको फोहोराको प्रयोग गरेका थिए । भवन भत्काइसकेपछि सो स्थानमा ८० हजार टनको भग्नावशेष मात्र बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ४ : ३० बजे

बढुवा भएका ४ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– नेपाल प्रहरीको एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) बाट डीआईजी (प्रहरी

कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थपियो

जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन

नेपाल चेम्बर अफ कमर्स र इजरेल एसिया चेम्बर अफ कमर्सबीच सम्झौता

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र इजरेल एसिया चेम्बर अफ

निजामती सेवा विधेयक आगामी असारभित्र ल्याउछौं : मन्त्री जोशी

विराटनगर– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती सेवा

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके–  बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन्