भारतमा १० सेकेण्डमै दुई गगनचुम्बी भवन भत्काइएपछि… « Khabarhub

भारतमा १० सेकेण्डमै दुई गगनचुम्बी भवन भत्काइएपछि…


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा गैरकानूनी रुपमा निर्माण गरिएका दुई गगनचुम्बी भवन भत्काइएको छ । भारतीय अधिकारीहरुले राजधानी नयाँ दिल्ली नजिक रहेको नोइडा क्षेत्रमा निर्माण गरिएका गगनचुम्बी भवन भत्काइदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यी गगनचुम्बी भवनको उचाइ १०३ मिटर अर्थात् ३३८ फिट रहेको जनाइएको छ । भवन भत्काउनका लागि ३ हजार ७ सय किलो विस्फोटक पदार्थको प्रयोग गरिएको थियो ।

विस्फोटनको १० सेकेण्डमा नै ती भवनहरु ध्वस्त भएको जनाइएको छ । भवन भत्काउने क्रममा नजिकै रहेका घरको छतमा बसेर स्थानीयहरुले चिच्याएर खुशीयाली मनाएका थिए ।

भारतको सर्वोच्च अदालतले गत वर्ष नोइडा क्षेत्रमा निर्माण गरिएका अवैध भवन भत्काउने आदेश जारी गरेको थियो । यी भवनहरुले अग्नि नियन्त्रणका लागि आवश्यक सुरक्षाका उपाय अवलम्बन नगरेको पाइएको थियो ।

भवन भत्काएसँगै आसपास कुनै क्षति भए/नभएकोबारे छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ । अवैधानिक रुपमा धेरै भवनहरुको निर्माण भएपनि भारतमा भवन ध्वस्त पार्ने यस्तो कार्य निकै दुर्लभ मात्रै हुने गरेको बताइन्छ ।

ती भवन भत्काउनु अघि सो क्षेत्रमा रहेका हजारौँ मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको थियो । नजिकैका केही भवनमा भने धुलो नपसोस् भन्नाका लागि प्लास्टिकले छोपिएको थियो ।

नोइडाको ‘एपेक्स’ र ‘केयन’ टावर नाम दिइएका ती भवन भत्काउने बेला सो क्षेत्रमा ट्राफिक प्रभावित भएको थियो भने भवन भत्काइसकेपछि धुलोको मुस्लो उडेको देखिन्थ्यो ।

अग्निनियन्त्रकहरुले भवन भत्केपछि उत्पन्न धुलो कम गर्न पानीको फोहोराको प्रयोग गरेका थिए । भवन भत्काइसकेपछि सो स्थानमा ८० हजार टनको भग्नावशेष मात्र बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ४ : ३० बजे

साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी