तालिबानको आरोप – पाकिस्तानले अमेरिकीलाई ड्रोन उडाउन छुट दियो « Khabarhub

तालिबानको आरोप – पाकिस्तानले अमेरिकीलाई ड्रोन उडाउन छुट दियो


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा आक्रमण गर्नका लागि अमेरिकलाई चालहरहित हवाई उपकरण ड्रोन उडाउन पाकिस्तानले आफ्नो आकाशको प्रयोग गर्न छुट दिएको तालिबानले आरोप लगाएको छ ।

तालिबानका कायममुकायम रक्षामन्त्री मुल्लाह मोहम्मद याकुबले पाकिस्तानी हवाई क्षेत्रबाट अमेरिकी ड्रोनहरु अफगानिस्तानतर्फ आएको बताएका हुन् ।

‘हाम्रो सूचनाअनुसार पाकिस्तानबाट ड्रोनहरु अफगानिस्तानतर्फ आइरहेका छन्, उनीहरुले पाकिस्तानी हवाई क्षेत्रको प्रयोग गरिरहेका छन्, हामी पाकिस्तानलाई आग्रह गर्छौँ, हाम्राविरुद्ध आफ्नो हवाई क्षेत्रको प्रयोग गर्न नदिनुहोस् ।’ रक्षामन्त्री मुल्लाह याकुबलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसबारे पाकिस्तानी विदेश मन्त्रालयले कुनै टिप्पणी नगरेको रोयटर्सले जनाएको छ । गत महिनामात्रै अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाले गरेको हवाई आक्रमणमा आतंकवादी संगठन अल कायदाका प्रमुख आयमन अल जवाहिरीको मृत्यु भएको थियो ।

तालिबानले आफूहरुको अनुसन्धानबाट अल कायदा प्रमुख जवाहिरीको शव फेला नपरेको जनाएको थियो ।

पाकिस्तानले उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको एवम् यसबारे आफूहरुलाई कुनै पूर्व सूचना नभएको बताउँदै आएको छ ।

पछिल्लो समय पाकिस्तान र अफगानिस्तानमा शासन चलाइरहेको तालिबानबीचको सम्बन्धमा खटपट उत्पन्न भएको विश्लेषणबीच तालिबानले पाकिस्तानमाथि पछिल्लो आरोप लगाएको हो ।

यसअघि तालिबानले पाकिस्तान सरकार एवम् पाकिस्तानमा सक्रिय तालिबान (तहरिक ए तालिबान पाकिस्तान टीटीपी) बीच वार्तामा मध्यस्थता गरिरहेको बताइएको थियो ।

यसबाहेक गत वर्षको अगस्ट महिनामा तालिबानले शासन कब्जा गरेयता आर्थिक संकटको भुमरीमा फसेको अफगानिस्तान आर्थिक रुपमा पनि पाकिस्तानमा धेरै निर्भर रहेको बताइन्छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ५ : ०४ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा