बालक अपहरणको विरोधमा पाकिस्तानमा प्रदर्शन « Khabarhub

बालक अपहरणको विरोधमा पाकिस्तानमा प्रदर्शन


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १३ वर्षे बालकको अपहरण भएको भन्दै पाकिस्तानमा प्रदर्शनको आयोजना गरिएको छ । बालकको अपहरणको विरोधमा पाकिस्तानको सिन्ध प्रान्तस्थित ज्याकोबावाद सहरमा प्रदर्शको आयोजना गरिएको हो ।

प्रदर्शनकारीले अपहरित बालकलाई तत्काल उद्धार गर्न प्रशासनसमक्ष माग गरेका छन् ।

ती बालकलाई नजिकै रहेको रमजानपुर सहरबाट अपहरण गरिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

अपहरित बालकको उद्धार गर्नमा प्रहरी असक्षम भएको प्रदर्शनकारीको आरोप छ ।

पाकिस्तानमा आपराधिक घटनामा वृद्धि हुँदै गएको समाचार सार्वजनिक भइरहँदा अपहरणविरुद्ध प्रदर्शनको आयोजना गरिएको हो ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ९ : ४८ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४