दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

आज दिनभर राजश्व परामर्श विकास समिति गठन आदेश खारेज, आजदेखि निर्वाचन आचारसंहिता लागू, रवीन्द्र मिश्र नेतृत्वको समूह र राप्रपाबीच एकता, नेकपा एमालेले सचिवालय बैठक बोलायो, डेंगुको प्रकोप बढ्यो, लागूऔषधसहित ३ जना पक्राउ, नेप्से बढ्यो लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

राजश्व परामर्श विकास समिति गठन आदेश खारेज

सरकारले राजश्व परामर्श विकास समिति गठन आदेश खारेज गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले राजश्व परामर्श विकास समिति गठन आदेश–२०७६ लाई खारेज गर्ने निर्णय भएको जानकारी दिएका हुन । केचना–कञ्चनजंघा पर्यटन विकास समितिको अध्यक्ष र कार्यकारी निर्देशकलाई पदबाट हटाउने निर्णय पनि गरेको छ । बैठकले ऋण असुली न्यायीकरणको रिक्त कानुन सदस्य पदमा कानुन तथा न्याय संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डांगीलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए । त्यस्तै बैठकले गोर्खा जिल्लास्थित मध्यपुर–सुपर–दरौदी खोला जलविद्युत् आयोजना निर्माणका लागिसमेत राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न दिने निर्णय गरेको उनको भनाई छ ।

आजदेखि निर्वाचन आचारसंहिता लागू

निर्वाचन आयोगले , आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । आचारसंहिता लागुभएपसगँै प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार गर्न पाइने आचारसंहितामा उल्लेख गरिएको छ । यद्यपि, सरकारी स्रोतसाधन भने प्रयोग गर्न पाउने छैनन् । संवैधानिक पदाधिकारीहरु कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न र प्रचारप्रसारमा संलग्न हुन नपाउने पनि आचारसंहितामा व्यवस्था छ । सरकारी कर्मचारीलाई पनि कुनै दलको पक्ष वा विपक्षमा लाग्न निषेध गरिएको छ । कार्यशाला गोष्ठी, सभा सम्मेलन लगायतका कार्यक्रम पनि गर्न नपाउने व्यवस्था छ । सार्वजनिक संस्थान र त्यहाँ काम गर्ने कर्मचारीहरुलाई समेत यही नियम लागू हुने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनुभयो । सुरक्षा निकाय र सुरक्षासम्वद्ध कर्मचारीलाई पनि कुनै दल वा उम्मेदवारको पक्षविपक्षमा लाग्न रोक लगाइएको छ । त्यस्तै गैरसरकारी संस्थाहरुले कुनै नयाँ योजना सुरुवात गर्न, शिलान्यास गर्न र उद्घाटन लगायतका काम गर्न पाउने छैनन् ।

रवीन्द्र मिश्र नेतृत्वको समूह र राप्रपाबीच एकता

विवेकशील साझा पार्टीका संस्थापक रवीन्द्र मिश्र नेतृत्वको समूह र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भएको छ ।काठमाडौंमा आज आयोजित कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको हो । एकता पत्रमा मिश्र र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेका थिए । एकतापछि मिश्रले राप्रपाको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका छन भने उनीसंगै राप्रपा प्रवेश गरेका अन्य नेताहरुलाई बिभिन्न जिम्मेवारी दिईने बताइएको छ । एकता कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा १६५ वटै प्रतिनिधिसभा र ३३० प्रदेशसभामा उम्मेदवारी दिने र राप्रपालाई पहिलो पार्टी बनाउने दावी गरे ।
त्यस्तै राप्रपा प्रवेश गरेपछि वरिष्ठ उपाध्यक्ष पद पाउनुभएका मिश्रले ठूलो शाहस गरेर आफैले बनाएको पार्टी छाडेको बताए । उनले प्रमुख दलले नै मुलुकमा राजनीतिक बिचलन ल्याएको भन्दै अव अग्रज नेताहरुले छाडेका आदर्शलाई आफुहरुले अघि बढाउने जिकिर गरे । उनले पार्टीलाई व्यवस्थापीक रुपमा चूस्त दुरुस्त र प्रविधि मैत्री बनाउने दावी गरे ।

नेकपा एमालेले सचिवालय बैठक बोलायो

नेकपा एमालेले सचिवालय बैठक बोलएको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन एमालेले बैठक बोलाएको हो । बैठक भोलि दिउँसो ३ बजेका लागि बोलाइएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनका लागि तोकेको असोज २३ गतेको समय नजिकिँदै गर्दां एमालेले बैठक बोलाएको हो । बैठकमा तल्ला तहहरुबाट सिफारिस भएर आएका नामहरुबाट छलफल गरि टुंगोमा पुग्ने एमाले तयारी छ । त्यस्तै विभिन्न दलहरुसँग चुनावी तालमेल गर्नेबारे छलफल हुने जनाइएको छ ।

बाबुराम भट्टराईको भनाइ

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले समावेशी र लोकतन्त्रमा आधारित समाजवाद प्रणालीतर्फ मुलुकलाई लैजाने बताएका छन । समाजवादी विधार्थी युनियनले आज काठमाडौमा आयोजना गरेको कार्यक्रममा उहाले सम्मुन्तन समाजवादको तेश्रो धारलाई अघि बढाउन पार्टी केन्द्रीत भएको समेत बताए । आफुहरुले समाज रुपान्तरणको कुरालाई अघि बढाउन खोजेपनि केहि मान्छेहरु राजतन्त्रको वरिपरि घुम्ने प्रयास गरेको उनको भनाई छ ।

देशलाई सुशासनको बाटोमा अघि बढाउन केन्द्रीत होऔँ : अध्यक्ष गणेश तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले देशलाई सुशासनको बाटोमा अघि बढाउन केन्द्रीत हुनुपर्ने बताएका छन । चन्द्रलोक प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउन दलका नेताहरु चुकेका कारण जनतामा निराशा छाएको भन्दै अव भने गम्भीर भएर देशलाई सुशासनको बाटोमा अघि बढाउन केन्द्रीत हुनुपर्ने बताएका हुन ।उनले राजनीतिमा देखिएको बिकृति र बिसंगतिलाई अन्त्य गरेर नै मुलुकलाई अघि बढाउनुपर्ने धारणा राखे ।

कांग्रेसको पार्टी कार्यालयमा डा शेखर कोइराला समूहको धर्ना

आगामी निर्वाचनका लागि समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै आएका नेपाली कांग्रेसका डा शेखर कोइराला समूहले पार्टी कार्यालयमा सानेपामा धर्ना दिएका छन् । आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै कांग्रेसका कोईराला समूहले आज धर्ना दिएका हुन् । पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा आफ्नो पक्षको थोरै मात्र नेताहरु परेको उनीहरुको आरोप छ । सो समूहले ४० प्रतिशत आफूले पाउनुपर्ने माग गर्दै आएको छ । यसै विषयमा पार्टीको ध्यानाकर्षण गराउदा पनि उपेक्षा गरिएकाले बाध्य भएर धर्नामा बस्नुपरेको कांग्रेस नेता जगदिश्वर नरसिंह केसीले बताए । उनले पार्टीभित्र सवैलाई समान अवसर दिनुपर्ने आफुहरुको धारणा रहेको बताए । आफुहरुको माग सम्बोधन गर्ने सुनिश्चित भए आफुहरुले पार्टीभित्रको बिद्रोहलाई कम गर्दै लैजाने उनको भनाई छ ।त्यस्तै कांग्रेसका अर्का नेता अजयबाबु शिबाकोटीले पार्टी नेतृत्वले गरेको निर्णय प्रक्रियामा आफुहरुको विरोध रहेको बताए । पार्टीको एउटा पक्षलाई बाहिर राख्ने काम देखिएकाले नेतृत्वलाई ध्यानाकर्षण गराउन दवाव सिर्जना गर्नुपरेको उनले बताए ।

नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर गरिएको १ हजार २ सय ८४ पिसिआर परिक्षणका क्रममा ३१ जना र १ हजार ५ सय ३४ एन्टीजेन परिक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप ५२ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार १ सय २२ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

डेंगुको प्रकोप बढ्यो

नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगु संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै गत साउन १ गतेदेखि नेपालमा २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा डेंगुका कारण थप चार जनाको मृत्यु भएको छ । यससँगै डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । हाल सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ५ सय८९ जना डेंगुका संक्रिमत भएका छन् ।गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८१५, मधेस प्रदेशमा ४ सय ५, गण्डकी प्रदेशमा ६५३, लुम्बिनी प्रदेशमा ३ हजार ५०, कर्णाली प्रदेशमा २३६ र सुदूरपश्चिम प्रदेशमा ८२१ जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।

लागूऔषधसहित ३ जना पक्राउ

काठमाडौँबाट लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनौलो नगरपालिका–२ बस्ने २७ वर्षीय निर्मल कार्की रहेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रोनोर्फिन १ सय एम्पुल सहित उनलाई आज विहान पक्राउ गरिएको हो । ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक चङ्गा उडाउन प्रतिबन्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरेको छ । विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउँदा विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भएको हुँदा यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न÷नगराउन हुन सम्बन्धित सबैमा प्राधिकरणले प्रकाशित गरेको सूचनामा जनाइएको छ ।

चट्याङ लागेर दुईजनाको मृत्यु

सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा देवानगंज गाउँपालिका–१ बस्ने ४५ वर्षीया रिता देवी यादव र देवानगं गाउँपालिका–६ बस्ने ६० वर्षीय उदित चन्द्र यादवको रहेका छन् । रिता देवीले भैंसीलाई पानी खुवाउने क्रममा र उदितचन्द्रले आफ्नै घरबाट करिब १ किलोमिटर टाढा खेतमा घाँस काट्ने क्रममा चट्याङ लाग्दादुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चाडपर्व लक्षित बिशेष सुरक्षा योजना सार्वजनिक

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्व लक्षित बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै कार्यालयले चाडपर्वमा हुने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न बिशेष सुरक्षा योजना सार्वजनिक गरेको जनाएको छ ।

विश्व रेविज दिवस आज

विश्व रेविज दिवस आज बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै नेपालमा पनि मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने रेविज दिवस नेपालमा पनि एक स्वास्थ्यको कार्यान्वयन, रेविजबाट शुन्य निधन भन्ने नाराका साथ मनाइएको हो । दिवसका अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पुगेर जनावरहरुको अवस्थामा बारेमा जानकारी लिएको थियो भने अन्तक्र्रिया कार्यक्रम समेत आयोजना गरेको थियो । बहुला कुकुरको टोकाइबाट मानिसमा सर्ने रेविज रोग विरालो, न्याउरीमुसा र स्यालको टोकाइबाट यो रोग सर्ने गर्दछ । महाशाखाका निर्देशक डा चुमन लाल दासले सन २०३० सम्म रेविजबाट शुन्य निधनको योजनामा अनुसार काम भइरहेको बताए । उहाले बहुला वा शंकास्पद कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै सम्भव भएमा सावुन पानी वा सफा पानीले टोकेको भागमा ५ मिनेटसम्म राम्ररी सफा गरी घाउमा डिटोल आयोडिनको झोल लगाउनु रेविजको प्राथमिक उपचार रहेको बताए । नेपालका सबै जिल्ला अस्पताल र सरुवा रोग अस्पतालहरुबाट रेविजविरुद्धको खोप उपलब्ध रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । नेपालमा लगभग आधार जनसंख्या रेविज रोगको उच्च जोखिममा रहेको पाइन्छ भने नेपालमा हरेक बर्ष एक सय जना मानिसको रेविज रोगका कारण मृत्यु हुने प्रतिवेदनले देखाएको छ ।

नेप्से बढ्यो

शेयर बजारपरिसुचक नेप्से आज पनि सामान्य अंकले बढेको छ । नेप्से आज ६ दशमलव ४१ अङ्कले बढेर एक हजार आठ सय ३७ दशमलव ४६ विन्दुमा कायम भएको हो । आज २२१ कम्पनीको १३ लाख ७० हजार कित्ता शेयर ४८ करोड ५४ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छ । आज व्यापार, फाइनान्स, अन्य र म्युचल फन्डबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै आज नेशनल माइक्रोफाइनान्सको प्रमोटर शेयर चार करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कारोबारमा आएका १३ समूहमध्ये ९ समूहको सूचक बढ्यो भने ४ को घट्ेको छ ।आज मन्दाकिनी हाइड्रोको शेयर नौ प्रतिशत तथा अभियान लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर १० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : २४ बजे

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्