विश्वमा आज : अर्जेन्टिनामा पहिलो महिला राष्ट्रपतिदेखि जर्मनीद्वारा १७ हजार यहुदी देश निकालासम्म « Khabarhub

विश्वमा आज : अर्जेन्टिनामा पहिलो महिला राष्ट्रपतिदेखि जर्मनीद्वारा १७ हजार यहुदी देश निकालासम्म


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

आज अक्टोबर २८। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ केही महत्त्वपूर्ण घटना :

अर्जेन्टिनामा पहिलो महिला राष्ट्रपति
सन् २००७ अर्जेन्टिनाले पहिलो महिला राष्ट्रपति पाएको थियो। आजकै दिन क्रिष्टिना फर्नान्डेज डि क्रिचर राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। उनी सन् २०११ मा पनि पुनः राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।

दुई मेट्रो स्टेशनमा आगलागी
सन् १९९५ मा अजरबैजानको राजधानी बाकुस्थित एउटा रेलमार्गमा भीषण आगलागी भएको थियो। सो आगलागी भूमिगत रेलमार्गको इतिहासमै सबैभन्दा डरलाग्दो मानिन्छ। पुरानो वायरिङ प्रणालीका कारण भएको आगलागीका कारण रेलमा यात्रा गरिरहेका ३०० जनाको मृत्यु भएको थियो।

जर्मनीद्वारा १७ हजार यहुदी देश निकाला
जर्मनीले सन् १९३८ मा पोल्यान्डका १७ हजार  यहुदीलाई देश निकाला गरेर पोल्यान्ड पठाइदिएको थियो।

हंगेरीको स्वतन्त्रता
सन् १९१८ मा चेकोस्लाभियाले हंगेरीबाट स्वतन्त्र पाएको थियो। मध्ययुरोपेली देश चेकोस्लाभिया सन् १७०० देखि हंगेरीको अधिनमा थियो। पहिलो विश्व युद्धको अन्त्यमा थोमस मर्सायकको नेतृत्वमा हंगेरीमा स्वतन्त्रताको आन्दोलन सुरु भएको थियो। उनी सन् १९१८ को नोभेम्बरमा स्वतन्त्रत हंगेरीको राष्ट्रपति बनेका थिए।

अमेरिकामा मदिरामा प्रतिबन्ध
सन् १९१९ मा अमेरिकी संसद कंग्रेसले मदिराको उत्पादन, बिक्री तथा ओसार पसारमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो। भोस्टिड एक्ट नामक सो कानुन अनुसार औषधी र धार्मिक प्रयोजनका लागि बाहेक अमेरिकामा मदिराको उत्पादन, बिक्री र ओसार पसारलाई गैर कानुनी घोषित गरिएको थियो।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ६ : ३० बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न