लुम्बिनी प्रदेशसभा सदस्यको शपथ १६ गते गराउन सिफारिस  « Khabarhub

लुम्बिनी प्रदेशसभा सदस्यको शपथ १६ गते गराउन सिफारिस 


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाका सदस्यलाई यही पुस १६ गते शपथ गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशसभाका सदस्यलाई शपथ गराउन सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश अधिवेशन पुस १८ गते बोलाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताए ।

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यलाई दाङको देउखुरीमा रहेको प्रदेशसभाको भवनमा शपथ गराउने तयारी गरिएको छ । 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ५ : ३० बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले