बागमती प्रदेशका ज्येष्ठ सदस्य ढुङ्गानाद्वारा शपथ « Khabarhub

बागमती प्रदेशका ज्येष्ठ सदस्य ढुङ्गानाद्वारा शपथ


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेशसभाका एक सय १० सदस्यमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन् । ढुङ्गाना नेकपा (माओवादी केन्द्र) का तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको विवरणअनुसार उनको जन्म २००६ साल असोज २ गते भएको हो । संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यका रूपमा ढुङ्गानाले सभाको अध्यक्षता गर्नेछन्।

प्रदेशसभामा निर्वाचित बाँकी प्रदेशसभा सदस्यको शपथ ग्रहणको कार्यक्रम भोलि बिहीबार दिउँसो २ बजे प्रदेशसभा सचिवालय हेटौँडामा राखिएको छ । बाँकी सदस्यलाई ज्येष्ठ सदस्य ढुङ्गानाले शपथ गराउनेछन् ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : ५८ बजे

दसैँका लागि दुई दिनमा उपत्यकाबाट बाहिरिए १ लाख ९ हजार यात्रु

काठमाडौं– दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्न

प्रतिबन्धका बाबजुद रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा

मस्को- युक्रेनमाथि रुसको आक्रमणपछि मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ

एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा

लागूऔषध गाँजासहित सीमा क्षेत्रबाट दुईजना नियन्त्रणमा

वीरगन्ज– सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित

खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच