गर्लफ्रेन्डलाई रोनाल्डोको ‘वर्थ डे गिफ्ट’ ! « Khabarhub

गर्लफ्रेन्डलाई रोनाल्डोको ‘वर्थ डे गिफ्ट’ !


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी। क्रिस्टियानो रोनाल्डोले गर्लफ्रेन्डको बर्थ डे गिफ्टका लागि लाखौं खर्चिएका छन्। खेलसँगै विभिन्न कारणले चर्चामा रहने रोनाल्डोले गर्लफ्रेन्ड जार्जिना रोड्रिगेजको २८ औं जन्मदिनलाई विशेष बनाएका हुन्।

पोर्चुगिज रोनाल्डो जार्जिनाको जन्मदिन मनाउन दुबई पुगे। उनी दुबई मात्र पुगेनन् त्यहाँ रहेको विश्वकै सबैभन्दा ठूलो भवन बुर्ज खलिफामा जार्जिनाको फोटो प्रर्दशन गरे।

उक्त भवनमा प्रदर्शन भएको जार्जिनाको फोटोमा लेखिएको छ, ‘ह्यापी वर्थ डे जियो।’ रोनाल्डोले त्यही तस्बिरलाई पृष्ठभूमि बनाएर तस्बिर र भिडियो खिचाए। अनि रमाए।

कति पैसा खर्च भयो ?
बुर्ज खालिफामा तीन मिनेटको प्रमोशनको भिडियो वा म्यासेज राख्नका निम्ति करिब ५० लाख रुपैयाँ पर्छ। यो रकम शनिबार र आइतबार अझ महंगो हुन्छ। रोनाल्डोले भने आफ्नी गर्लफ्रेन्डलाई खुशी पार्न यो हर्कत गरेका हुन्।

तर, विश्व फुटबलका धनी खेलाडी रोनाल्डोको आम्दानी करिब ३७ सय करोड छ। उनका लागि खलिफामा गर्लफ्रेन्डको फोटो राखेर प्रदर्शन गर्नु सामान्य कुरा मान्न सकिन्छ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ६ : १४ बजे

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि