गर्लफ्रेन्डलाई रोनाल्डोको ‘वर्थ डे गिफ्ट’ ! « Khabarhub

गर्लफ्रेन्डलाई रोनाल्डोको ‘वर्थ डे गिफ्ट’ !


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी। क्रिस्टियानो रोनाल्डोले गर्लफ्रेन्डको बर्थ डे गिफ्टका लागि लाखौं खर्चिएका छन्। खेलसँगै विभिन्न कारणले चर्चामा रहने रोनाल्डोले गर्लफ्रेन्ड जार्जिना रोड्रिगेजको २८ औं जन्मदिनलाई विशेष बनाएका हुन्।

पोर्चुगिज रोनाल्डो जार्जिनाको जन्मदिन मनाउन दुबई पुगे। उनी दुबई मात्र पुगेनन् त्यहाँ रहेको विश्वकै सबैभन्दा ठूलो भवन बुर्ज खलिफामा जार्जिनाको फोटो प्रर्दशन गरे।

उक्त भवनमा प्रदर्शन भएको जार्जिनाको फोटोमा लेखिएको छ, ‘ह्यापी वर्थ डे जियो।’ रोनाल्डोले त्यही तस्बिरलाई पृष्ठभूमि बनाएर तस्बिर र भिडियो खिचाए। अनि रमाए।

कति पैसा खर्च भयो ?
बुर्ज खालिफामा तीन मिनेटको प्रमोशनको भिडियो वा म्यासेज राख्नका निम्ति करिब ५० लाख रुपैयाँ पर्छ। यो रकम शनिबार र आइतबार अझ महंगो हुन्छ। रोनाल्डोले भने आफ्नी गर्लफ्रेन्डलाई खुशी पार्न यो हर्कत गरेका हुन्।

तर, विश्व फुटबलका धनी खेलाडी रोनाल्डोको आम्दानी करिब ३७ सय करोड छ। उनका लागि खलिफामा गर्लफ्रेन्डको फोटो राखेर प्रदर्शन गर्नु सामान्य कुरा मान्न सकिन्छ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ६ : १४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र