‘माइ वाइफ इज एन एलियन’को ‘इन्डक्ल्याप’ | Khabarhub Khabarhub

‘माइ वाइफ इज एन एलियन’को ‘इन्डक्ल्याप’


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साइन्स फिक्सन वेब सिरिज ‘माइ वाइफ इज एन एलियन’को निर्माण गरिएको छ । यो सिरिजको शुक्रबार राजधानीमा इन्डक्ल्याप गरिएको हो ।

नमस्ते टाकिज र सिनेमा हबको व्यानरमा निर्माण भएको वेब सिरिजको प्रस्तुतकर्ता प्रज्ञा जोशी हुन् । सुमित सिंहको निर्देशन रहेको वेब सिरिजको निर्माता दिनेश श्रेष्ठ छन् । वेब सिरिजको लेखक सुमित सिंह र राजन महर्जन हुन् ।

वेब सिरिजमा नीर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, रिस्ता बस्नेत, सरोज दाहाल, मनिष दोलखाली, रविना वस्ताकोटी, तलिसा गुरुङ, आरजे सिंह लगायतका कलाकारको अभिनय रहेको छ ।

साइन्स फिक्सन वेब सिरिजमा बालकलाकार प्रिया वाइवा, गुष्मा मोक्तान, सिजन पन्ती, युकी उलकको समेत अभिनय रहेको छ । आरजे सिंह कार्यकारी निर्माता रहेको सिरिजको छायांकन, सम्पादन र भिएफएक्स जोन राईको छ । सिरिजमा विकास चौधरीको संगीत, निर्देशक सिंहको कविता र गीत रचना, प्रिया नगरकोटी र सञ्जु ढकालको मेकअप र हेयर डिजाइन, सरोज दाहालको मुख्य सहायक निर्देशन र इश्वर घिमिरेको व्यवस्थापन छ । वेब सिरिज पाँच भाग निर्माण गरिएको छ ।

यही टिमको सहकार्यमा बन्ने फिल्म ‘सुपर धने’को पनि घोषणा गरिएको छ । अर्को वर्षको कार्तिक अर्थात नोभेम्बरबाट फिल्मको छायांकन थालिने निर्माण पक्षले जनाएको छ ।

हाल स्कृप्ट लेखन कार्य भैरहेको निर्माण टिमले जानकारी दिएको छ । फिल्मको छायांकन नेपाल र युरोपमा गरिनेछ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ११ : ४९ बजे

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।