विमलको कमब्याक गोलमा नेपाल विजयी « Khabarhub

विमलको कमब्याक गोलमा नेपाल विजयी


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फरवार्ड विमल घर्तीमगरले राष्ट्रिय टोलीमा स्वर्णिम कमब्याक गरेपछि नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले हराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विमलले निर्णायक गोल गरे । एक वर्षपछि राष्ट्रिय टोलीबाट मैदान उत्रिएका विमलले ५४औं मिनेटमा गरेको गोलले नेपालको जित निश्चित गर्‍यो । अञ्जन विष्टले मैदानको मध्यभागबाट उपलब्ध गराएको बलमा विमलले १८ यार्ड बक्सबाट गरेको प्रहार बारमा लाग्दै जाली चुम्यो । विमलको यो नवौं अन्तर्राष्ट्रिय गोल हो ।

गत माघमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका दौरान घुँडामा गम्भीर चोट लागेपछि विमल मैदानबाट बाहिर थिए । विमल पछिल्लो पटक राष्ट्रिय टोलीबाट २०७६ असोजमा विश्वकप छनोटअन्तर्गत जोर्डनविरुद्धको खेलमा मैदान उत्रिएका थिए ।

१३औं मिनेटमा सुमन लामाको प्रहार बाहिरिँदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । २६औं मिनेटमा विमल घर्तीमगरको फितलो प्रहार मोरिससका कप्तान तथा गोलकिपर केभिन जेन लुइसले सहजै नियन्त्रणमा लिएका थिए ।

३५औं मिनेटमा मोरिससका मिडफिल्डर एड्रियन फ्रान्कोइसको प्रहार नेपालका गोलकिपर किरण कुमार लिम्बुले बचाएका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा अन्जनले गोलको सुनौलो मौका खेर फाले । बक्सको देब्रेभागबाट गरेको प्रहार सेकेन्ड बारको नजिकैबाट बाहिरियो ।

४६औं मिनेटमा मोरिससका फर्नान्डो ज्याक्सनको भली प्रहार पोस्टमा लागेर फर्कियो उक्त रिबाउन्ड बललाई नेपालका गौतम श्रेष्ठले क्लियर गरिदिए ।

७५औं मिनेटमा जगजित श्रेष्ठले दायाँ कर्नरबाट प्रहार गरेको फ्रिकिकमा अञ्जन विष्टले गरेको फ्लिक हेड माथिल्लो बारमा लागेर फर्कियो ।

७७औं मिनेटमा अन्जनले १८ यार्ड बक्सबाट गरेको प्रहार फेरी बारमा लागेर फर्कियो । रिबाउन्ड बललाई जगजित श्रेष्ठले हेडमार्फत पोस्टका दिशा दिन खोजे पनि मोरिससका गोलकिपर केभिन जेन लुइसले उत्कृष्ट बचाउ गरे ।

जगजित चार वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । सन् २०१७ मा अस्ट्रेलिया लागेको जगजित ‘ए’ डिभिजन लिग खेल्ने नेपाल आएका थिए । उनी त्रिभुवन आर्मी फुटबल क्लबबाट लिग खेलिरहेका छन् ।

नेपालबाट सुदीप गुरुङ र आकाश बुडामगरले डेब्यु गरे । सुदीप सुरजजिउ ठकुरीको स्थानमा र आकाश तेज तामाङको स्थानमा मैदान प्रवेश गरे । दुवै जारी सातदोबाटो यूथ क्लबका खेलाडी हुन् । नेपालले मोरिससविरुद्ध मंगलबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : ३९ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक