आईपीएलमा गुजरातको शानदार सुरुवात : लखनउ पाँच विकेटले पराजित « Khabarhub

आईपीएलमा गुजरातको शानदार सुरुवात : लखनउ पाँच विकेटले पराजित


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा नयाँ टोली गुजरात टाइटन्सले शानदार सुरुवात गरेको छ।

सोमबारको खेलमा आइपीएलमा सहभागी अर्को नयाँ टोली लखनउ सुपर जाइन्टलाई पाँच विकेटले हराउँदै गुजरातले शानदार सुरुवात गरेको हो।

सोमबार वान्खडे स्टेडियममा लखनउले दिएको १ सय ५९ रनको लक्ष्य पूरा गरेको हो। गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

गुजरातका लागि राहुल टेवाटियाले सर्वाधिक ४० रन बनाए। कप्तान हार्दिक पान्डय ३, डेभिड मिलर र म्याथ्यु वेडले ३०–३० रन बनाउँदा अभिनव मनोहरले अविजित १५ रन जोडे। लखनउका दुश्मन्था चामिराले २ विकेट हातपारे।

पहिलो ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो।

लखनउका लागि दीपक होडा ५५ रन र आयुस बाडोनी ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा कुर्नाल पाण्डले अविजित २१ रन बनाए।

गुजरातका मोहमद शामीले ३ तथा आरोन ब्ररुणले २ विकेट लिए। जितसँगै नयाँ टिम गुजरातले दुई अंक जोडेको छ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ६ : ०० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु