'जब सौगातलाई रिसाहा घोडा पर्‍यो' | Khabarhub Khabarhub

‘जब सौगातलाई रिसाहा घोडा पर्‍यो’


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता सौगात मल्लले फिल्म छायांकनको क्रम घोडासँग बितेको पललाई सम्झिए ।

उनको आउँदो फिल्म मन्त्रको छायांकनको समयलाई सम्झिँदै घोडासँगको रमाइलो किस्सा सेयर गरे । मनास्लु हिमालको छेउमा रहेको गाउँमा फिल्मको छायांकन गर्ने क्रममा सौगातसँगै बुद्धि तामाङलाई घोडा चढेको दृश्य छायांकन गर्नुपर्ने थियो ।
त्यसका लागि उनीहरूले घोडा पाए । त्यसअघि घोडा दौडाएको अनुभव खासै नरहेका सौगातलाई रिसाहा घोडा पर्यो ।

‘मैले चढेको घोडा अलिक रिसाहा किसिमको परेछ । मैले चढेको घोडा सजिलो भन्दा अप्ठ्यारो बाटोमा हिँड्न रुचाउँथ्यो । अझ भनौँ भीर र काँडा भएको बाटोमा हिँड्न खप्पिस रहेछ । मलाइ त्यहाँका मान्छेले सल्लाह गरेर नै खच्चड घोडा पारिदिनु भएको रहेछ’, सौगातले भने ।

यद्यपि बुद्धिको भागमा परेको घोडाले पनि छाडेन । ‘ घोडाले बुद्धिलाई लडाएरै छाड्यो’ सौगातले भने । सौगातले यस्तो किस्सा सुनाइरहँदा बुद्धि हाँसीरहेका थिए । ‘यद्यपि घोडाले पछि मलाइ पहिलो पनि बनायो । म आफैँ छक्क परेँ । किनकी हाम्रो जम्माजम्मी छायांकन नै ७ दिनको थियो’ सौगातले भने ,’त्यति समयमा खच्चड घोडाले मेरो आदेश मान्ने भइसकेको थियो । त्यो देखेर मलाइ घोडा जिम्मा लगाउने पनि छक्क परे ।’ सौगातले यसो भनिरहँदा बुद्धिले आफ्नो त्यो समयलाई सम्झिए ।

आफूलाई घोडाले काँडाघारीमा झारेको स्मरण गर्दै बुद्धिले भने, ‘म चढेको घोडाले मलाई काँडाघारीमा झारिदियो । जसोतसो फिल्म युनिट आउनुभयो र उठाउनुभयो’, बुद्धिले सम्झिए । त्यसबेला सौगात चढेको घोडा भने हिड्न नमानेर पछाडि थियो । बुद्धि लादेपछि सौगातले उनको आवाज सुने । ‘बुद्धिको जस्तो आवाज सुने । तर , त्यहाँ घोडा मात्र थियो । यसो नियालेर हेरेको त बुद्धिको खुट्टा माथि टाउको तल रहेछ’ सौगातले ठट्यौली शैलीमा भने । त्यो समयमा दुख भएपनि अहिले फिल्ममा देख्दा रमाइलो लाग्ने सौगातले बताए । खिलबहादुर गुरुङ निर्देशित फिल्ममा सौगात र बुद्धिसँगै दीया पुन लगायतको अभिनय रहेको छ ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित फिल्मलाई दर्शकले वैशाख १६ मा हेर्न पाउनेछन् । डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको फिल्ममा ५१ सय मिटरको उचाइबाट देखिने हिमाली सुन्दरतालाई दर्शकले देख्न पाउनेछन् । गोर्खा जिल्लाको चुमनुब्री सामागाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ। यसमा नमिता घिसिङ्ग, बिरबहादुर लामा, पासाङ्ग टि शेर्पाको पनि अभिनय रहेको छ ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । फिल्मलाई मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ११ : २६ बजे

सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिन एमालेको असहयोग 

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको बैठक स्थगित भएको छ ।  मुख्यमन्त्री दीर्घ

सर्लाहीका आगलागीपीडितलाई सशस्त्रको राहत

बरहथवा– सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागीपीडितलाई सशस्त्र प्रहरीले राहत

मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको

मधेशमा ९ महिनामै आगलागीका १२ सय घटना, ५६१ घर जले, २० जनाको मृत्यु

जनकपुरधाम- मधेश प्रदेशमा चालु आर्थिक वर्ष २०८०/८१ मा १२ सय

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा