आईपीएल: दिल्लीसँग कोलकत्ता चार विकेटले पराजित « Khabarhub

आईपीएल: दिल्लीसँग कोलकत्ता चार विकेटले पराजित


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ।

सुरुङमा ब्याटिङ गरेको कोलकत्ताले दिएको १ सय ४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।

दिल्लीका लागि डेभिड वार्नर ४२, रोभम्यान पावेल ३३, अक्षर पटेलले २४ रन बनाउँदा ललित यादवले २२ तथा मिचेल मार्शले १३ रन जोडे। कोलकत्ताका उमेश यादवले तीन विकेट लिए।

कोलकत्ताका लागि नितिश राना ५७, कप्तान श्रेयस एयरले ४२ रन जोड्दा रिन्कु सिंहले २३ रन मात्र बनाए। दिल्लीका कुलदिप यादवले ४ विकेट लिँदा मुस्ताफिजुर रहमानले ३ विकेट हात पारे।

यो जितसँगै दिल्लीले ८ खेलमा ८ अंकै जोडेको छ। दिल्ली आईपीएल अंक तालिकाको छैटौं स्थानमा छ। कोलकत्ताले ९ खेलमा ६ अंक जोडेको कोलकत्ता तालिकाको आठौं स्थानमा छ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : ०९ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको