मुस्ताङको लोमान्थाङमा दलित महिला कोटा शून्य « Khabarhub

मुस्ताङको लोमान्थाङमा दलित महिला कोटा शून्य


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– उम्मेद्वारको हाडबाजी छ, तल्लो क्षेत्रमा । बल्लबल्ल उम्मेद्वार पाइन्छ हिमालतिर । लोमान्थाङमा उम्मेद्वार नपाएर अघिल्लो कार्यकाल दलित महिला सदस्यको कोटा शून्य भयो । ५ वटै वडामा दलित महिला सदस्य उठेनन् । यसपालि वडा नम्बर ५ मा एमाले र कांग्रेस दुवै पार्टीले उम्मेद्वार उठाएका थिए ।

तर उम्मेद्वारी फिर्ता लिने समयमा उनीहरू दुवै जना चुनावी रेसबाट बाहिरिए । अहिले पनि लोमान्थाङमा दलित महिला सदस्यको कोटा शून्य भएको छ । नेपाली कांग्रेसबाट भिपिक विश्वकर्मा र एमालेबाट धावा पामो ल्होवाले उम्मेदवारी दर्ता गराएका थिए । तर दुवै जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए ।

उनीहरूले आफ्नो व्यक्तिगत कारण देखाएर फिर्ता लिएका हुन् । उनीहरूले व्यक्तिगत कारणले उम्मेदवारी फिर्ता लिएका हुन् ।

लोमान्थाङमा मात्रै होइन लोमान्थाङका पनि ४ वडामा दलित महिला सदस्य छैनन् । एउटा वडामा एक जनाको मात्रै उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित भएका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर २ मा टसी ल्हामो सुन्चुरीले मात्रै उम्मेद्वारी दर्ता गरेका कारण उनी सर्वसम्मत निर्वाचित भएकी हुन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ९ : ४१ बजे

अबको विश्वकपमा ६४ टोली सहभागी गराउने फिफाको तयारी : इन्फान्टिनोको प्रस्तावमा के छ ?

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार २९ गते सोमबार सन् २०२६

आज २०८३ साल असार २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २९ गते सोमबार सन् २०२६

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको