अझै भेटिएन तारा एअरको बेपत्ता विमान « Khabarhub

अझै भेटिएन तारा एअरको बेपत्ता विमान


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको बेपत्ता तारा एअरको विमानको खोजीकार्य अझै जारी छ ।

स्थानीय समयअनुसार बिहान ९ बजेर ५५ मिनेटमा उडेको टुविन अटर ९ एनएईटी विमान अन्तिमपटक जोमसोम टावसरँग १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने स्थानमा सम्पर्क भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

त्यसपछि विमान बेपत्ता छ ।

१९ जना यात्रु र ३ जना चालक दलका सदस्य सवार विमानको खोजी कार्यका लागि फिस्टेल एअरको हेलिकोप्टर परिचालन गरिएपनि खराब मौसमका कारण हेलिकोप्टरहरु खोजी अभियान स्थगित गरी पुनः जोमसोम नै फर्केको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

मौसम सफा हुनासाथ खोज तथा उद्धार कार्यका लागि थप हेलिकोप्टरहरु तयार रहेको जनाइएको छ ।

खोजी तथा उद्धार कार्यका लागि नेपाली सेना र नेपाल प्रहरी स्थलमार्गबाट त्यसतर्फ पठाइएको पनि नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  २ : ०३ बजे

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी