ट्राफिक प्रहरी कार्यालय तनहुँद्वारा तीन करोड ७९ लाख राजस्व संकलन « Khabarhub

ट्राफिक प्रहरी कार्यालय तनहुँद्वारा तीन करोड ७९ लाख राजस्व संकलन


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा सवारीसाधन कारबाही गरेर तीन करोड ७९ लाख ३३ हजार राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ५५ हजार छ सय सवारीसाधनलाई कारबाही गर्दा उक्त रकम संकलन भएको हो । 

सो क्रममा सबैभन्दा बढी मोटरसाइकललाई कारबाही गर्दा राजस्व संकलन भएको छ । नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेमा दुई पाङ्ग्रे चालक रहेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए ।

उनका अनुसार २० हजार ५०० मोटरसाइकललाई कारबाही गर्दा एक करोड ४७ लाख ३९ हजार ५०० राजस्व संकलन भएको छ । त्यस्तै ११ हजार २२१ ट्रक टिपरलाई कारबाही गर्दा ७७ लाख ८३ हजार, सात हजार ५०० तीन बसलाई कारबाही गर्दा ४८ लाख ४३ हजार ५१२ हजार ३५७ जिप कारलाई कारबाही गर्दा ७९ लाख ४४ हजार ५०० र दुई हजार ९६६ ट्याक्टरलाई कारबाही गर्दा २० लाख ३२ हजार राजस्व संकलन भएको छ । अन्य ६५६ सवारीसाधनलाई कारबाही गर्दा चार लाख २३ हजार संकलन भएको कार्यालयले जनाएको छ । 

‘मोटरसाइकल र स्कुटर चालकबाट बढी नियम उल्लङ्घन हुने गरेको छ,’ उनले भने, ‘सवारी साधनको कागजात नभएका र लाइसेन्स नभएका पनि बढी छन् ।’ सवारी साधनका धनीलाई कारबाहीसँगै सवारीधनीलाई नियमबारेमा पनि जानकारी गराउने गरेको नेपालले बताए ।

प्रहरीले मादक पदार्थ सेवन गर्नेविरुद्ध पनि चेक कडाइ गर्ने गरेको छ । उक्त आर्थिक वर्षमा ३८३ सवारीसाधनका धनी मादकपदार्थ सेवन गरेबापत कारबाहीमा परेका छन् । उनीहरूबाट तीन लाख ८३ हजार राजस्व संकलन भएको बताइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १२ : ५६ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ