शान्ति पुनःस्थापना गृहद्वारा २४६ युवतीको उद्धार « Khabarhub

 शान्ति पुनःस्थापना गृहद्वारा २४६ युवतीको उद्धार


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– शान्ति पुनःस्थापना गृहले बाँकेका चार नाका र एक परामर्श केन्द्रबाट २४६ युवतीको उद्धार गरेको छ । जिल्लाको नरेनापुर गाउँपालिका–१ स्थित सुइया, डूडुवा गाउँपालिका–१ स्थित खडैचा, जानकी गाउँपालिका– १ स्थित शिवपुरी, जमुनाह नाका र कोहलपुरमा स्थापना भएको परामर्श केन्द्रबाट उनीहरूको उद्धार भएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।

गत आर्थिक वर्षमा उद्धार गरिएकामध्ये बाँकेका ३२, बर्दियाका ३२, दाङका २८, सुर्खेतका २४, जाजरकोटका २०, सल्यानका २०, रुकुम पश्चिमको १६, कैलालीको १२, दैलेखको ११, रोल्पाको १०, कालिकोटको १०, जुम्लाको पाँच लगायत ३१ जिल्लाका रहेका छन् । उनीहरु १६ देखि २५ वर्ष उमेर समूहका छन् ।

उनले मानवबेचबिखन समस्या अत्यन्त जटिल भएको उल्लेख गर्दै लुम्बिनी प्रदेशका १४ नाकाबाट सीमा निगरानी बढाउनुका साथै बाँकेमा आवधिक गृहसमेत सञ्चालनमा ल्याएर उद्धार गरेकालाई पुनःस्थापना गर्ने काम भएको बताए । एक वर्षको अवधिमा सो केन्द्रले पाँच जनालाई कानुनी दायरामा ल्याएको समेत जानकारी दिँदै भट्टराईले दुई जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार, दुई जनाविरुद्ध जबर्जस्ती करणी र एक जना विरुद्ध मानव बेचबिखन र जबर्जस्ती करणीमा जिल्ला प्रहरी कार्यालय, बाँकेमा मुद्दा दर्ता गरेको जानकारी दिए । 

“हामीलाई भारत लगेको सूचना आएपछि त्यहाँको प्रहरीसँग कागजात मिलाउनेदेखि विभिन्न नीतिगत समस्या देखिएको छ ।”उनले भने। शान्ति पुनःस्थापना केन्द्र, बाँकेका संयोजक निर्मल सुवेदीले जमुनाह नाकाबाट मात्रै छ युवतीको उद्धार गरेको जानकारी दिनुभयो । भारतको उत्तर प्रदेशको उन्नाउ, लखनउ र हिमाञ्चलको सिमलाबाट उनीहरूको उद्धार गरिएको थियो ।

उनले नयाँ नयाँ रणनीति अपनाएर मानवबेचबिखनको कार्य भएको उल्लेख गर्दै मुस्लिम समुदायले लगाउने बुर्का लगाएर, नेटवर्किङ बिजनेसको नाममा युवतीलाई भारत पुर्‍याइएको बताए  । ‘यसको ठूलो जालो छ, पत्ता लगाउन सजिलो छैन ।’ जिल्ला संयोजक सुवेदीले भने। 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १ : ४२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको