२२ हजार बढीले गरे स्वास्थ्य बीमा  « Khabarhub

२२ हजार बढीले गरे स्वास्थ्य बीमा 


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा ०७७ माघदेखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ०७९ चैत मसान्तसम्म २२ हजार २६१ जनाले स्वास्थ्य बीमा गराएका छन् । 

विपन्न समुदायलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा लमजुङमा ३३ सय ८९ परिवार आवद्ध भएका हुन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले सरकारले सामाजिक स्वास्थ्य विकास समितिमार्फत ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाका नागरिकको सहभागिता क्रमिक रूपमा बढ्दै गएको छ ।

जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी अनुपमा रेग्मीका अनुसार स्वास्थ्य बिमामा आवद्धमध्ये जेष्ठ नागरिक ५२ सय ११ जना, महिला स्वास्थ्य स्वयंसेविका २२२ जना, क वर्ग पूर्ण अशक्त अपांगता भएका २३० जना र एचआईभी संक्रमित ५८ जना छन् । सोबाहेक कुष्ठरोग देखिएका एकजना छन् ।

गण्डकी प्रदेश सरकारले ल्याएको लक्षित वर्ग अनुदान सहयोग स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत एक हजार बढी परिवार स्वास्थ्य बीमामा आवद्ध भएका छन् । जसमध्ये ख वर्ग अति अशक्त अपांग परिवारतर्फ ९९२ जनाले स्वास्थ्य बिमा गराएका छन् भने सहिद परिवारतर्फ १६, द्वन्द्वपीडित परिवारतर्फ २४ र मिर्गौलापीडित परिवारतर्फ पाँचजना स्वास्थ्य बीमामा आवद्ध भएका छन् । 

प्रदेश सरकारले सम्बन्धित वडा तथा पालिकामा रहेका दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमामा आवद्ध हुन, अशक्त अपांग परिवार, सहिद परिवार, द्वन्द्वपीडित र मिर्गौलापीडित परिवारलाई आग्रहसमेत गरेको छ । कार्यक्रमका लागि जिल्लामा ७१ जना दर्ता सहयोगी परिचालन गरिएको छ । नागरिकले वडावडामा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमा गराउन सक्ने स्वास्थ्य बीमा बोर्ड लमजुङका दर्ता अधिकारी रेग्मीले बताइन् । 

स्वास्थ्य बीमामा आवद्ध हुन पाँचजनासम्म सदस्य रहेको परिवारले वार्षिक ३५ सय र पाँचजनाभन्दा बढी परिवारका सदस्य भएमा प्रति सदस्य सात सय रुपैयाँ थप शुल्क तिर्नुपर्नेछ । बीमामा आवद्ध भएका पाँचजनाको परिवारका लागि प्रतिपरिवार वार्षिक एक लाखसम्म निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुने व्यवस्था छ । पाँचभन्दा बढी सदस्य भएमा प्रतिसदस्य २० हजारका दरले सेवा शुल्क निःशुल्क हुने व्यवस्था छ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध व्यक्ति तथा परिवारले सूचीकृत अस्पताल, स्वास्थ्य संस्थाबाट एक हजार ११८ प्रकारका औषधि उपचार पाउने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  २ : १७ बजे

धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण धानखेतीलाई आधुनिक, व्यावसायिक तथा जलवायुमैत्री

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी