आरआरआरलाई पछि पार्दै ‘जनहित मे जारी’ले बनायो नयाँ रेकर्ड « Khabarhub

आरआरआरलाई पछि पार्दै ‘जनहित मे जारी’ले बनायो नयाँ रेकर्ड


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– करिब डेढ महिना अघि थिएटरमा रिलिज भएर चार करोड रुपैयाँमात्र बक्सअफिस व्यापार गरेको फिल्म ‘जनहित मे जारी’ले ओटीटीमा रेकर्ड कायम गरिरहेको छ । पुरुषलाई सुरक्षित यौन सम्बन्धका लागि कण्डम प्रयोग गर्नुपर्ने सन्देश दिने फिल्मलाई हेर्न दर्शक भलै फिल्म हलमा त गएनन्, तर घरमै बसेर ओटीटीमा फिल्म हेर्नेको संख्या ह्वात्तै बढेको छ ।

नुसरत भरुचा स्टारर यो फिल्मले यो वर्ष फिल्म हलमा नयाँ रेकर्ड बनाउने ‘द कश्मीर फाइल्स’ र ‘आरआरआर’ जस्ता फिल्मको रेकर्ड पनि तोडिदिएको छ । यो फिल्मले पहिलो सप्ताहमा कंगना रनावतको फिल्म ‘धाकड’ भन्दा पनि २२ प्रतिशतले बढी कमाई गरेको थियो ।

ओटीटीमा फिल्म जी ५ मा रिलिज भएको छ । यो फिल्मले  ‘धाकड’ को तुलनामा सय मिलियन स्ट्रीमिङ मिनिट्सको रेकर्ड धेरै अगाडि छोइसकेको थियो । अब यो फिल्म यो वर्ष हालसम्म जी ५ मा सबैभन्दा बढी हेरिने फिल्मको रेकर्ड राखेको छ । फिल्म ‘आरआरआर’ जी फाइभमा हिन्दीका अलावा अन्य चार भाषामा रिलिज भएको थियो र यो फिल्मलाई हालसम्म एक हजार मिलियन मिनेटमा हेरिएको छ ।

तर ‘जनहित मे जारी’ ले यो आँकडा छोएर सबैलाई चकित बनाएको छ । फिल्म ‘आरआरआर’ले २२ दिनमा हजार मिलियन मिनेटको भ्यू रेकर्ड बनाउँदा ‘जनहित मे जारी’ले १३ दिनमै ‘आरआरआर’को रेकर्ड तोडेको हो । फिल्मले एक कण्डम बेच्ने कम्पनीमा काम गर्ने युवतीको कथा बोल्छ । उनको काममा कयौं मानिसले प्रश्न उठाए पनि उनी भने मानिसलाई सुरक्षित यौन सम्बन्धका लागि जागरुक बनाउने अभियानमा सक्रिय रहन्छिन् ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ४ : ४५ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा