बुटवलको सडक विस्तारको ठेक्का तोड्ने चेतावनी « Khabarhub

बुटवलको सडक विस्तारको ठेक्का तोड्ने चेतावनी


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले बुटवलको सडक विस्तारको ठेक्का तोड्ने चेतावनी दिएको छ । ठेकेदार कम्पनीले म्याद थपका लागि लबिङ गरिरहेका बेला आयोजनाले ठेक्का तोड्ने चेतावनी दिएको हो । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको करिब साढे तीन किलोमिटर सडक बिस्तारका लागि सम्झौता भएको ६ वर्ष पुगेको छ ।

आयोजनाले शुक्रबार एक सूचना प्रकाशित गर्दै ६  वर्षसम्म पनि सडक विस्तारको काम पूरा नगरेको भन्दै स्पष्टीकरणसहित ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएको हो । आयोजनाले प्रकाशित गरेको सार्वजनिक सूचनामा बेलहिया–बुटवल ठेक्का सम्झौता अन्त्य किन नगर्ने ? भन्दै प्रश्न गरिएको छ ।

व्यापारिक मार्ग विस्तार आयोजनाले प्रकाशित गरेको सूचनामा बेलहिया–बुटवल सडकले बुटवल सडकको न्यून कार्य प्रगति भएको, म्याद समाप्त भएका र बाह्य समस्याबिना पनि लामो समयसम्म निर्माणको कार्य रोकिएको उल्लेख छ । सो ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने कुनै मुनासिब कारण भए सात दिनभित्र भरपर्दो स्पष्टीकरणसहित आयोजनाको कार्यालयमा उपस्थित हुन भनिएको छ । स्पष्टीकरण चित्तबुझ्दो नभएमा ठेक्का सम्झौताका शर्त र सिओसी तथा प्रचलित ऐन, नियमअनुसार कानुनी कारबाही अगाडि बढाउने आयोजनाको भनाइ छ ।

आयोजनाले तीन वटा ठेक्का तोड्ने गरी प्रक्रिया सुरु गरेको छ । बिरुवा कन्स्ट्रक्सन प्रालिमध्ये बानेश्वर काठमाडौँले लिएको ठेक्का नं टिआरआईपी ३३७३१२४ र विविर ०७३/०७४–००१, बिरुवा–श्रेष्ठ–एपेक्स जेभी काठमाडौंको ठेक्का नं.टिआरआईपी र३३७३१२४रविवि ०७१र०७२–००२ र द कञ्चनजंगा–बिरुवा जेभी, मध्य बानेश्वर काठमाडौंले ठेक्का पाएको ठेक्का नं. टिआरआईपी र ३३७३१२४ र विवि ०७३/०७४–००३ तोड्ने गरी प्रक्रिया अघि बढाएको हो । यी तीनवटा ठेक्का बेलहिया, पडसरी र बुटवलका हुन् ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ५ : २१ बजे

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्