बुटवलको सडक विस्तारको ठेक्का तोड्ने चेतावनी « Khabarhub

बुटवलको सडक विस्तारको ठेक्का तोड्ने चेतावनी


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले बुटवलको सडक विस्तारको ठेक्का तोड्ने चेतावनी दिएको छ । ठेकेदार कम्पनीले म्याद थपका लागि लबिङ गरिरहेका बेला आयोजनाले ठेक्का तोड्ने चेतावनी दिएको हो । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको करिब साढे तीन किलोमिटर सडक बिस्तारका लागि सम्झौता भएको ६ वर्ष पुगेको छ ।

आयोजनाले शुक्रबार एक सूचना प्रकाशित गर्दै ६  वर्षसम्म पनि सडक विस्तारको काम पूरा नगरेको भन्दै स्पष्टीकरणसहित ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएको हो । आयोजनाले प्रकाशित गरेको सार्वजनिक सूचनामा बेलहिया–बुटवल ठेक्का सम्झौता अन्त्य किन नगर्ने ? भन्दै प्रश्न गरिएको छ ।

व्यापारिक मार्ग विस्तार आयोजनाले प्रकाशित गरेको सूचनामा बेलहिया–बुटवल सडकले बुटवल सडकको न्यून कार्य प्रगति भएको, म्याद समाप्त भएका र बाह्य समस्याबिना पनि लामो समयसम्म निर्माणको कार्य रोकिएको उल्लेख छ । सो ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने कुनै मुनासिब कारण भए सात दिनभित्र भरपर्दो स्पष्टीकरणसहित आयोजनाको कार्यालयमा उपस्थित हुन भनिएको छ । स्पष्टीकरण चित्तबुझ्दो नभएमा ठेक्का सम्झौताका शर्त र सिओसी तथा प्रचलित ऐन, नियमअनुसार कानुनी कारबाही अगाडि बढाउने आयोजनाको भनाइ छ ।

आयोजनाले तीन वटा ठेक्का तोड्ने गरी प्रक्रिया सुरु गरेको छ । बिरुवा कन्स्ट्रक्सन प्रालिमध्ये बानेश्वर काठमाडौँले लिएको ठेक्का नं टिआरआईपी ३३७३१२४ र विविर ०७३/०७४–००१, बिरुवा–श्रेष्ठ–एपेक्स जेभी काठमाडौंको ठेक्का नं.टिआरआईपी र३३७३१२४रविवि ०७१र०७२–००२ र द कञ्चनजंगा–बिरुवा जेभी, मध्य बानेश्वर काठमाडौंले ठेक्का पाएको ठेक्का नं. टिआरआईपी र ३३७३१२४ र विवि ०७३/०७४–००३ तोड्ने गरी प्रक्रिया अघि बढाएको हो । यी तीनवटा ठेक्का बेलहिया, पडसरी र बुटवलका हुन् ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ५ : २१ बजे

नयाँ रास्वपालाई सुमनाको शुभकामना

काठमाडौं– सुमना श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ रास्वपालाई शुभकामना दिएकी

तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा मुलुक

समाज कल्याण परिषद्को जग्गा र भवन प्रयोगको बक्यौता छिटो उठाउछौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज

पूर्वमन्त्री राजकुमार गुप्ता कारागार चलान

काठमाडौं– विशेष अदालतको आदेशपछि पूर्वमन्त्री राजकुमार गुप्तालाई डिल्लीबजार कारागार चलान

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धरान– सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि