पोखरामा आजदेखि प्रथम ‘मेयर सम्मेलन’ सुरु « Khabarhub

पोखरामा आजदेखि प्रथम ‘मेयर सम्मेलन’ सुरु


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा आजदेखि प्रथम महानगर प्रमुख ‘मेयर सम्मेलन’ सुरु भएको छ । सम्मेलन शनिबारसम्म सञ्चालन हुनेछ ।

पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा आयोजक पोखरासहित काठमाडौँ, विराटनगर, चितवन, ललितपुर र वीरगञ्ज महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ ।

सम्मेलनमा सहभागी हुन आउनुभएका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतलाई महानगरले आज पोखरामा स्वागत गरेको छ । सहभागीलाई पोखरेली ढाका टोपी, सल र खादा मालाबाट स्वागत गरिएको थियो ।

पोखराका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र वडाध्यक्षले पाहुनालाई स्वागत गर्नुभएको थियो । महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ । सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान गरिने पोखरा महानगर प्रमुख आचार्यले बताए ।

महानगरलाई जनउत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बोधन गर्न र कामलाई सहजीकरण गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको उनको भनाई छ ।।

उनले भने , ‘ गाउँपालिका र नगरपालिकाका समस्या सुनाउने छुट्टै फोरम भए पनि महानगरको आफ्नो छुट्टै फोरम नभएकाले साझा समस्या, चुनौति र अवसर पहिल्याउन सम्मेलन आयोजना गरेका हौँ । सम्मेलनले पोखरा घोषणा जारी गर्नेछ र सम्बन्धित निकायमा सुझावका रुपमा पेश गर्नेछौँ ।’

सम्मेलनको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले सङ्घीयता, महानगर र अबको बाटो शीर्षकमा प्रस्तुति राखेका थिए । यसैगरी महानगरपालिकाका प्रमुखद्वारा महानगरपालिकाका मुख्य योजना तथा कार्यान्वयनका चुनौतीहरूबारे अनुभव आदानप्रदान गरे ।

सम्मेलनमा उपप्रमुखले ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान गर्नेछन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानुन तथा तिनका कार्यान्वयनका चुनौतीबारे आफ्नो अनुभव राख्नेछन् ।

सम्मेलन पोखरा घोषणा पत्र जारीसँगै आगामी वर्ष २०८० का लागि महानगरपालिका मेयर सम्मेलनको घोषणा तथा आयोजक महानगरपालिकाका प्रमुखलाई ‘मेट्रो मिट नेपाल’ अङ्कित झण्डा हस्तान्तरण गरेर समापन हुने पोखरा महानगरले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १० : २८ बजे

गृहमन्त्री गुरुङ भन्छन्- आरोप र सत्य एउटै कुरा होइन

काठमाडौं- पछिल्लो समय विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायिक साझेदारी गरेको

विवादमा मुछिएपछि गृहमन्त्रीको स्पष्टीकरण : २५ लाख सेयर लुकाइएको होइन, अनुसन्धानमा सघाउँछु

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी

वैशाखको पहिलो साता विपद्का १४६ घटना, ७ जनाको मृत्यु

काठमाडौं-२०८३ वैशाख महिनाको पहिलो साता (१ देखि ६ गतेसम्म) देशभर

राप्ती नदीमा भेटियो १७ घडियालको गुँड

चितवन– राप्ती नदीमा १७ घडियाल गोहीको गुँड भेटिएको छ । चितवन

अनिश्‍चितताबीच पाकिस्तानमा यस्तो छ इरान-अमेरिका वार्ताको तयारी (तस्बिरहरू)

इस्लामावाद- पाकिस्तानको राजधानी इस्लामाबादमा इरान-अमेरिका अर्को वार्ता हुँदैछ। ११–१२ अप्रिलमा