'चुनाव लड्न लाखौँ-करोडौँ रुपैयाँ चाहिने भयो' | Khabarhub Khabarhub

‘चुनाव लड्न लाखौँ-करोडौँ रुपैयाँ चाहिने भयो’

समानुपातिक लडेकालाई दोहोर्‍याएर अवसर दिनु हुँदैन


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर आगामी निर्वाचनमा जाने निर्णय गरेको छ । पाँच दलीय गठबन्धनमा सिट बाँडफाँडको अन्तिम कसरत भइरहेको बेला एमालेले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई भावी प्रधानमन्त्रीमा रूपमा अघि सारेको हो । स्थानीय निर्वाचनमा प्राप्त गरेको ३० प्रतिशत मतबाट बढाएर अझै ३४ प्रतिशत मतलाई १६ प्रतिशतले बढाएर एकल बहुमत हासिल गर्ने एमालेको दाबी छ । यसै विषयमा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीसँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

एमालेले एकल बहुमत ल्याउने आधारहरू के–के छन् ?
स्थानीय तहको निर्वाचनमा पाँच दलहरू एक भएर र एमाले एक्लै हुँदा पनि सिट संख्याको हिसाबले दोस्रो छ । तर जनमतको हिसाबले पहिलो छ । नेकपा एमालेको बिचार, दृष्टि धारणा जनताका र राष्ट्रको पक्षमा छन् । नेकपा एमालेले अहिलेसम्म गरेका कामहरू प्रगतिशील र जनपक्षीय छन् । नेकपा एमालेको सङ्गठनको सञ्जाल हिजो देखि नै अरू पार्टी भन्दा वडादेखि नै विस्तारित भएको छ । नेपालको सबै भन्दा सुसङ्गठित व्यवस्थित र व्यापक कार्यकर्ताहरूको पंक्ति भएको पार्टी हो, नेकपा एमाले । करिब १० लाख जति नेता कार्यकर्ताहरू क्रियाशील छन् । यिनै आधारहरूमा नेकपा एमालेले बहुमत ल्याउँछ । पहिलेको सरकारको तुलनामा अहिलेको सरकार धेरै परिवर्तनशील छ । महँगीको माडले जनताको ढाड सेकिएको छ । अर्थतन्त्र निरन्तर ओरालो लाग्दै आएको छ । धनी र गरिबबीचको विभेदको खाडल बढेको छ । भ्रष्ट्राचार बढेको छ । सर्वत्र रूपमा एउटा अस्त व्यस्तता सिर्जना भएको छ । यी सबै कामहरूलाई जनताले तुलना गरेका छन्, हिजो केपी ओलीले गरेका कामहरू र अहिलेको यो सरकारले गरेका कामहरू राम्रा छन् । त्यसकारण जनता यो अहिलेको सरकारबाट वाक्क भएका छन् ।

एमालेले सरकार चलाउने क्रममा कतै पनि गल्ती गरेको थिएन, तपाईहरुको दाबी त्यही हो, होइन त ?
राम्रो काम गर्दा कमी कमजोरी हुन्छन् । तर तुलनात्मक रूपमा अहिलेको सरकारले भन्दा हिजोको सरकारले राम्रो काम गरेको छ भनेर जनताहरूले महसुस गरेका छन् । हिजो लिम्पियाधुरा, लिपुलेकको जमिन नेपालको हो, त्यहाँबाट भारतीय सेना हटाउनु पर्दछ भनेर कोही बोलेनन् । तर पहिलाको सरकारले गरेको थियो । अहिलेसम्म कसैले पनि राष्ट्रियताको विषयमा बोल्दैनन् ।

ओलीले त्यो बेला सरकार चलाउँदा दुई पटक गरेको संसद् विघटनलाई जनताले सही हो भनेका छन् त ?
त्यो त अब आउने दिनमा स्थानीय तहको निर्वाचनमा ३४ प्रतिशत जनताले प्रत्यक्ष रूपमा अनुभूति गरेर मत हालेका छन् नि ।

एमालेको सरकार हुँदा जनताको जीवनमा के परिवर्तन आयो ?
एमालेको सरकार हुँदा जनताको जीवनमा के परिवर्तन आयो भन्दा पनि जनताको र राष्ट्रको जीवनको लागि सरकारले के काम गर्याे भन्ने कुराको महत्व राख्छ । राम्रो काम गर्दा सकारात्मक परिवर्तन गर्छ । नराम्रो गर्दा नकारात्मक । जनताको जीवन परिवर्तन गर्नको लागि ३ वर्ष ५ वर्षले पुग्दैन । समस्या छ, जहाँ पनि छन् । त्यसलाई तुलनात्मक रूपमा हेरेर कमजोरीहरू भए त्यो दोहोरिन नदिई अगाडि जाने हो ।

स्वतन्त्र रूपमा भएका सर्वेक्षणहरूले एमाले एक्लै लडे र अहिलेको गठबन्धन कसिलो भए एमालेको ९ सिटमा सीमित हुन्छ भन्यो नि त ?
आन्तरिक रूपमा कुनै मान्छे कुनै न कुनै तरिकाले सक्षम हुन्छ । सबैले सर्बेक्षेण गर्दछन् । मुख्य कुरा जनता हुन्, जनताले मत हालेपछि मात्र को कति सक्षम हो भनेर थाहा हुन्छ ।

आगामी निर्वाचनमा तपाई प्रत्यक्षतर्फ लड्ने वा समानुपातिक तर्फ ?
पार्टीमा केही पाउनको र व्यक्तिगत स्वार्थका लागि हिँडेको हैन । पञ्चायत कालमा भूमिगत भएर हिँड्दा पनि बिको हेडमास्टरको स्थायी जागिर राजीनामा दिएर देश र जनताको लागि जीवन समाहित गर्नु पर्दछ भनेर लागि परेर हिँडेको हुँ । कुनै मन्त्री सांसद हुँला भन्ने सपना पनि थिएन । जनताको भविष्य एक दिन राम्रो हुन्छ भनेर टिकट म पाउला नपाउला भन्ने ममा छैन । पार्टीले कानुनी संवैधानिक रूपमा जनताको हक र इच्छाको आधारमा हुन्छ । म समानुपातिकमा हिजो काम गरेकाहरूलाई फेरी दोहोर्याएर अवसर दिनु हुँदैन भन्ने अडानमा छु । संविधान सभामा म समानुपातिकको सांसद भइसकेको छु ।

समानुपातिक देखिको कुरा लागु गर्ने कि ७४ सालको लागु गर्ने हो ?
मेरो बिचारमा पहिलादेखि नै समानुपातिक भएकोलाई फेरि दिनु हुँदैन भन्ने हो । यदि सांसद बन्ने हो भने प्रत्यक्षबाट नै लडेर आउनु पर्दछ ।

एमालेका विशिष्ट व्यक्तिहरू नै प्रत्यक्षतर्फ चुनाव लड्न चाहेका छैनन् भनिएको छ, त्यस्तो हो ?
विभिन्न कारणहरू हुन सक्लान् । कोही विभिन्न आर्थिक कारणले, कोही डराएर होला । चुनाव अत्यन्तै खर्चिलो छ । धेरै नेता कार्यकर्ताहरूलाई चुनाव लड्न करोडौँ पैसाको आवश्यकता पर्दछ भन्छन् । हुन खर्च थोरै गरेर पनि आएका छन् । तर कतिपय घर खर्च गरेर पनि आएका छन् ।

चुनाव यति धेरै खर्चिलो हुँदा तपाईँहरू जस्तो एउटा पार्टी जो देशको अहिलेसम्म प्रतिनिधि सभाको हैसियतले हिजोको दिनमा सरकार चलाएको हैसियतले, लामो समय राजनीति गरेको हैसियतले यो घटाउन कुनै बहस छलफल किन नगरेको ?
यो पहिलेको भन्दा धेरै नै खर्चिलो भएको छ । यो विषयहरूमा हरेक पार्टीका बैठकमा छलफल हुनु पर्थ्यो । यो सच्याउन के के गर्नुपर्थ्यो । समाधानको उपाय खोज्नुपर्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १० : ३० बजे

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका