भारतीय कंग्रेस अध्यक्षको निर्वाचन अक्टोबरमा   « Khabarhub

भारतीय कंग्रेस अध्यक्षको निर्वाचन अक्टोबरमा  


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय कंग्रेसको अध्यक्षको निर्वाचन आगामी अक्टोबर १७ मा हुने भएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले अध्यक्ष चयनका लागि मतदान हुने मिति तय गरेको हो ।

मतगणना भने मतदान भएको दुई दिनपछि अक्टोबर १९ मा गर्ने निर्णय भएको पनि नेताहरुले जानकारी दिएका छन् । बैठकमा भारतका पूर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता डा. मनमोहन सिंह, पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धी, पूर्वअध्यक्ष राहुल गान्धी, महामन्त्री प्रियंका गान्धी भद्रालगायतले अनलाइन मार्फत बैठकमा सहभागिता जनाएका थिए ।

पार्टीका वरिष्ठ नेता गुलाम नाबी असदले गत शुक्रबार पार्टी परित्याग गरेको घोषणा गरेको पर्सी पल्ट कंग्रेसको बैठक बसेको हो । पार्टीको निर्णयअनुसार केन्द्रीय निर्वाचन प्राधिकरणले समयमै निर्वाचन गराउन प्रक्रिया र गृहकार्य सुरु गरिसकेको छ ।

आगामी निर्वाचनलाई लक्षित गरी पार्टीलाई नेतृत्व प्रदान गर्नुपर्ने भएकाले नयाँ अध्यक्षको जिम्मेवारी निकै चुनौतीपूर्ण रहेको ठानिएको छ । यसअघि पनि आम निर्वाचनमा पार्टीले नराम्रो पराजय भोगेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले नैतिकताका आधारमा हारको जिम्मेवारी लिदै पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामा लामो समयसम्म अस्वीकृत गरिएको थियो भने पार्टीका नेताहरुलाई उनलाई राजीनामा नदिन दबाब दिँदै आएका थिए । सबै दबाब र अनुरोधलाई अस्विकार गर्दै उनले पदमा नफर्किने अडान लिएपछि उनकै आमा तथा पूर्व अध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

तर अहिले फेरि पनि राहुल गान्धीलाई नै अध्यक्षका निर्वाचित गराउनु पर्नेमा पार्टीका धेरै नेताहरुले खुलेरै जोड दिने गरेका छन् । उनले भने आफू अहिले पनि अध्यक्ष बन्न नचाहेको बताउँदै आएका छन् ।

यद्यपि भारतीय कंग्रेस पार्टीले यसअघि नै उनकै नेतृत्वमा ‘भारत जोडो यात्रा’ सञ्चालन गर्ने घोषणा गरिसकेको छ । आगामी सेप्टेम्बर ७ मा कन्याकुमारीदेखि सुरु हुने यात्रा १४८ दिनको हुने तय गरिएको छ । सो यात्रा काश्मिरमा पुगेर अन्त्य गरिने भएको छ ।

पैदलमार्फत हुने सो पाँच महिने यात्राका क्रममा झण्डै तीन हजार पाँच सय किलोमिटर पार गरिने भएको छ । दैनिक औसतमा २५ मिलोमिटर यात्रामा हुने अनुमान गरिएको छ । सहभागीहरूले १२ राज्य भ्रमण गर्ने छन् । यात्राका क्रममा छोटा छोटा र्‍याली, सार्वजनिक कार्यक्रम, भेला, आमसभा, अन्तरक्रिया, बैठकलगायतका गतिविधिहरू गरिने भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १२ : ३३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको