गाउँपालिकाले स्वास्थ्य बिमा बापतको ५० प्रतिशत रकम तिरिदिने « Khabarhub

गाउँपालिकाले स्वास्थ्य बिमा बापतको ५० प्रतिशत रकम तिरिदिने


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- छथर जोरपाटी गाउँपालिकाले पालिकाका सबै नागरिकको ५० प्रतिशतमै स्वास्थ्य बिमा गरिदिने भएको छ । स्वास्थ्य बिमाकाे लागि रकम तिर्न नसक्दा उपचारमा लाखौँ खर्च गर्न परेको र बिमा नगरेका कारण कतिपयले मृत्युवरण समेत गर्नु परेको स्थिति रोक्न पालिकाले आधा मै बिमा गरिदिन लागेको हो ।

नेपाल सरकारले पाँच जनाको परिवारले ३५ सय तिर्दा वार्षिक एक लाख बराबरको स्वास्थ्य बिमामार्फत उपचार सेवा दिँदै आएको छ ।

गाउँपालिकाले ५० प्रतिशत स्वास्थ्य बिमामा सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए। ‘हामी निर्वाचित भएपछि गाउँपालिकामा रहेका सबै नागरिकले स्वास्थ्य सेवा पाउनु पर्छ भन्ने उद्देश्यका साथ यो कार्यक्रम अघि सारेका हौ। गाउँपालिकामा रहेका १८ हजार तीन सय ९४ जनसंख्या तीन हजार नौ सय २२ घरधुरीलाई प्रत्यक्ष सेवा दिने लक्ष्यका साथ सहयोग गर्ने तयारी गरेका छौ ।’ उनले भने ।

यो कार्यक्रमसँगै गाउँपालिकामा रहेका पाँच जनाको परिवारले १७ सय ५० रुपैयाँमा स्वास्थ्य बिमा गर्न पाउने भएका छन् । स्वास्थ्य बिमाको बारे गाउँ गाउँमा महत्त्व र आवश्यकताको महसुस दिलाउने भएको छ । स्वास्थ्य बिमामा गाउँपालिकाले सहयोग गर्ने भएपछि सर्वसाधारणले राहत पाउने भएका छन् ।

गाउँपालिकाले सुत्केरी पोषण भत्ता कार्यक्रम अन्तर्गत मासिक एक हजार दिने तयारी गरेको छ । आठ पटक गर्भ जाँच गरी सकेका सुत्केरीलाई एकमुष्ट नौ हजार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १ : ३९ बजे

सुरक्षित मातृत्वमा फड्को मार्दै बाँकेको नरैनापुर

बाँके– बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुर गाउँपालिकाले सुरक्षित मातृत्वको

जुटखेतीतर्फ किसानको आकर्षण

सुनसरी– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा

मकवानपुर दुर्घटनामा घाइते न्यायाधीश डाँगीसहित चार जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

काठमाडौँ – मकवानपुरको भीमफेदीमा सवारी दुर्घटनामा परी घाइते भएका उच्च

बीपी राजमार्ग चौडा पार्न डीपीआर तयार

काभ्रे– बीपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पहिलोपटक पीएचडी सुरु

पोखरा – पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलोपटक विद्यावारिधि (पीएचडी) तहको पठनपाठन