मानवअधिकार आयोगले सरकारलाई भन्यो- महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर « Khabarhub

मानवअधिकार आयोगले सरकारलाई भन्यो- महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले चाडबाडको समयमा शान्ति सुरक्षा, आवतजावत र महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गरी तीन वटै तहका सरकारलाई उक्त आग्रह गरेको हो ।

‘सामान्य अवस्थामा भन्दा चाडबाडका समयमा सवारी साधनहरू पर्याप्त नचल्दा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ उत्पन्न भएको, यात्रुहरू तोकिएभन्दा बढी भाडा तिरी यात्रा गर्न बाध्य भएको, सवारी साधनहरूमा क्षमताभन्दा बढी यात्रुहरू राख्दा सवारीसाधनहरू दुर्घटनामा परी सर्वसाधारणहरूको ज्यानै समेत जाने गरेको तथा महँगी नियन्त्रण हुन नसक्दा उपभोक्ताहरू महँगीको मारमा परेको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

चाडबाडका समयमा हुन सक्ने शान्ति सुरक्षा र अमनचयन खलबल्याउने अवाञ्छित क्रियाकलाप रोक्नका लागि प्रभावकारी कदम चाल्न, शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन पनि आयोगले आग्रह गरेको छ ।

‘यातायात र आवतजावतमा हुने कठिनाइको प्रभावकारी अनुगमन र निगरानी गर्न, सम्भावित दुर्घटना रोक्न विशेष सतर्कता अपनाउन, बजार अनुगमन तथा महँगी नियन्त्रण गर्न एवम् आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार चाडबाड मनाउने वातावरणको सिर्जना गरी सांस्कृतिक अधिकारको सुनिश्चितता गर्न आयोग तीनै तहका सरकार, सुरक्षा निकाय, निजी क्षेत्र, आम नागरिक तथा सम्बद्ध सबैमा अनुरोध गर्दछ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  १२ : १२ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा