एकै दिन ४३ सवारी साधन कारबाहीमा « Khabarhub

एकै दिन ४३ सवारी साधन कारबाहीमा


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दैलेख – दैलेखमा एकै दिन ४३ सवारी साधन कारबाहीमा परेका छन् । प्रहरीले गरेको चेकजाँचका क्रममा ४३ सवारी साधन कारबाहीमा परेका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहको नेतृत्वको टोलीले एक सय १० वटा सवारी सधान चेकजाँच गरेको थियो ।

प्रहरी चौकी माथिल्लो डुङ्गेश्वर, प्रहरी चौकी तल्लो डुङ्गेश्वरले गुराँस गाउँपालिका-४ स्थित सुर्खेत-दैलेख सडक खण्डको जिरो पोईन्ट लगायत इलाका प्रहरी कार्यालय दुल्लु, ईलाका प्रहरी कार्यालय राकम कर्णाली, प्रहरी चौकी पाल्तडा र प्रहरी चौकी रानिमत्ताबाट खटिएको प्रहरी टोलीले १ सय १० वटा सवारी साधन चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा नियम विपरीत काम गर्ने ४३ वटा सवारी साधनलाई कारवाही गरी ३३ हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बडा दशैँको बेलामा सवारी दुर्घटना न्यूनिकरणको लागी सवारी साधनहरू ओभरलोड नगर्ने यात्रुहरूलाई अनावश्यक हैरानी नदिने, तोकिएको भाडादर भन्दा वढी भाडा नलिने विषयमा चालक, सह-चालक र यात्रुहरूलाई समेत जानकारी गराइएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  १ : २५ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय