मन्त्री थापाको निजी लगानीमा कुरेचौरका बासिन्दालाई खानेपानीको सुविधा « Khabarhub

मन्त्री थापाको निजी लगानीमा कुरेचौरका बासिन्दालाई खानेपानीको सुविधा


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिका–१६ हर्पाकस्थित कुरेचौरका बासिन्दालाई खानेपानीको सुविधा पुगेको छ । नाङले छहरो खानेपानी योजनाअन्तर्गतको जीर्ण पानी संकलन ट्याङ्की मर्मत गरेसँगै स्थानीयलाई खानेपानीको सुविधा पुगेको हो ।

गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आफूले राज्यबाट प्राप्त गरेको सेवा सुविधामार्फत ३७ हजार पाँच सयको आर्थिक सहयोगबाट पानीट्याङ्की मर्मत गरेसँगै ३२ घरपरिवारलाई खानेपानीको सुविधा पुगेको स्थानीय उपभोक्ता रमेशराज आचार्यले जानकारी दिए । 

सेवा सुविधामार्फत विसं २०७८ चैतदेखि हालसम्म प्राप्त सेवा सुविधाको रकमबाट प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको प्याराग्लाइडिङको बन्द प्रशिक्षणका खेलाडीका लागि २५ हजार, पोखरा-१७ विरौटामा खानेपानी पाइप खरिद तथा विस्तारलगायत विभिन्न ३६ योजनामा ११ लाख ३६ हजार सात सय विनियोजन गरिएको मन्त्री थापाले आज प्रेस युनियन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

पत्रकार सम्मेलनमा मन्त्री थापाले विसं २०७४ देखि हालसम्म राज्यका तर्फबाट आफ्नो नाममा बैंकमा जम्मा भएको ४० लाख ७१ हजार दुई सय ४९ आवश्यकताअनुसार विकास निर्माण एवं सामाजिक कार्यमा विनियोजन गरेको उल्लेख छ । 

सरकारी निवासको समेत सुविधा नलिएका मन्त्री थापाले निर्वाचित भएको पाँच वर्षको अवधिमा राज्यबाट प्राप्त बैठक भत्तादेखि  मासिक पारिश्रमिक र अन्य सेवा सुविधा ४० लाख ७१ हजार तथा आफ्नो निजी रकम रु साढे १७ लाखसहित कुल ५८ लाख २९ हजार ६६ विभिन्न विकास निर्माणमा सहयोग गरेको बताए ।

उनले आगामी निर्वाचनमा प्रदेशसभा सदस्यमा पार्टीले पुनः सिफारिस गरेको जनाउँदै निर्वाचित भएमा समाजका असहाय, विपन्न वर्गको पक्षमा काम गर्ने र नपाएमा पनि पार्टीको उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मुलुकमा अनियमितता र भष्ट्राचार बढिरहेको वर्तमान अवस्थामा मन्त्री थापाले आफूले पाउने पारिश्रमिकसमेत विकास निर्माण र सामाजिक सेवामा समर्पित हुनु सबैका लागि उदाहरणीय कार्य भएको स्थानीय बासिन्दाको भनाइ छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  २ : ३३ बजे

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन : निष्क्रिय खाता न्यूनीकरणका लागि कार्ययोजना बनाएर लागू गर्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह

सिनामङ्गल–बानेश्वर क्षेत्रमा वाग्मती सफाइ, दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै