अख्तियारद्वारा गण्डकीको प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश  « Khabarhub

अख्तियारद्वारा गण्डकीको प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश 


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण– पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७८-७९ को ३२औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । कार्यालय प्रमुख पार्वती शर्माले पेश गरेको  सो प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अख्तियारले ‘साना माछा’ मात्रै हेरेर नहुने प्रतिक्रिया दिनुभयो । ‘ठूला माछा’ समाउन पनि  आग्रह गर्दै उनले प्रमाणका साथ मुद्दा चलाएर फैसला भए बमोजिम जरिवाना गर्नसकेमात्र  संस्थाप्रति विश्वास बढेर जाने बताए । 

उक्त कार्यालयमा एक वर्षमा नवलपुरबाहेकको १० जिल्लाका एक हजार एक सय १८ वटा भ्रष्टाचारका उजुरी परेकामा सात सय सात उजुरी फछर्यौट भएको सूचना अधिकारी राजु कुँवरले जानकारी दिए । ती उजुरी कूल उजुरीको ६३ प्रतिशत हो ।

प्रदेशका ११ जिल्लामध्ये कास्कीमा सबैभन्दा बढी भ्रष्टाचारका चार सय ५७ उजुरी दर्ता भएका थिए । कास्कीपछि तनहुँका एक सय ३७ उजुरी परेको थियो भने सबैभन्दा कम मुस्ताङबाट १० र मनाङबाट १३ उजुरी परेको थियो  ।

पर्वतबाट एक सय १५, स्याङ्जाबाट एक सय सात, बागलुङबाट ८९, गोरखाबाट ७९, म्याग्दीबाट ६५ र लमजुङबाट ४६ उजुरी परेको थियो । नवलपुर जिल्लाको भने बुटवल कार्यालयमा उजुरी पुग्ने सूचना अधिकारी कुँवरले जानकारी दिए ।आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार देशभरमै गण्डकी प्रदेशमा सबैभन्दा कम सात दशमलव ६२ प्रतिशत उजुरी दर्ता भएको कार्यालय प्रमुख शर्माले जानकारी दिए । 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ३ : ३६ बजे

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले