भारी वर्षाले घरमा क्षति  « Khabarhub

भारी वर्षाले घरमा क्षति 


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– भारी वर्षाका कारण खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । बिहीबार राति परेको अविरल वर्षाका कारण बस्नेतको घरको पछाडिपट्टीको भाग पूर्णरुपमा भत्किएको हो । बस्न नमिल्नेगरी भत्किएको पर्खालले बाख्रा खोर पुरेको छ । आधा भत्किएको घर धरापजस्तो बनेको बस्नेतले बताए । 

वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरको सिकुवामा पहिरो थुप्रिएको छ । यस्तै, नारायण राईको घरमा वर्षाको भलपानी पसेको छ । वर्षाका कारण वडाका सडक र कुलोका विभिन्न ठाउँमा कान्ले पहिरो खस्दा क्षति पुगेको दिक्तेलका वडाध्यक्ष नवराज राईले बताए ।

कतिपय स्थानीयको पहिरोले खोर पुरिँदा बाख्रा मरेका छन्न । हाल क्षतिको सिफारिस माग्ने पीडित वडा कार्यालयमा धाउन थालेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले घरमा पानी पसेको, सामान्य पहिरो खसेको बाहेक ठूलो क्षतिको जानकारी नआएको बताए । 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ४ : २० बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय