लोकसेवा आयोगले राष्ट्रपति भण्डारीलाई बुझायो वार्षिक प्रतिवेदन « Khabarhub

लोकसेवा आयोगले राष्ट्रपति भण्डारीलाई बुझायो वार्षिक प्रतिवेदन


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकसेवा आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन बुझाएको छ । 

संविधानमा ब्यवस्था भए अनुरूप लोकसेवा आयोगले २०१६ सालदेखि हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रप्रमुख समक्ष पेश गर्दै आएको छ । आयोगबाट प्रस्तुत भएको यो ६३ औं वार्षिक प्रतिवेदन हो ।  आयोगका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष माधव प्रसाद रेग्मीले प्रतिवेदनमा समावेश भएका विषयका बारेमा विवरण प्रस्तुत गरेका थिए । 

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनताको आस्था र विश्वासको धरोहरका रुपमा रहेको लोक सेवा आयोगले गरेका कामको प्रशंसा गर्दै सार्वजनिक प्रशासनलाई स्वच्छ र समावेशी बनाउन आयोग सफल हुनेमा विश्वास व्यक्त गरेकी थिइन् । 

पेश भएको प्रतिवेदनमा दिइएका सुझावलाई समयमा नै सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनेसमेत उनले बताएकी थिइन् । 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ५ : २५ बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो