विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आज असोज १३ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २९, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

तीन रुसी अन्तरिक्ष यात्री अन्तरिक्ष स्टेशनबाट फर्किए
छ महिना लामो अन्तरिक्ष यात्रापछि तीन रूसी अन्तरिक्ष यात्री बिहीबार कजाखस्तानमा अवतरण गरेका छन् । रूसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) का अनुसार ओलेग आर्टेमयेभ, डेनिस मात्वेयेभ र सर्गेई कोर्साकोभ निर्धारित समय (ग्रीनवीच समय अनुसार १० बजेर ५७ मिनेट) मा जेज्काज्गान शहरबाट १४८ किलोमिटर (९१ माइल) दक्षिणपूर्वमा अवतरण गरेका थिए ।

रोस्कोस्मोसले प्रसारण गरेको फुटेजमा अन्तरिक्ष यात्रीहरूलाई सोयुज वंश मोड्युलबाट मद्दत गरिएको देखाइएको छ । उनीहरूलाई पृथ्बिीमा फेरि गुरुत्वाकर्षणको प्रभावसँग अभ्यस्त बनाउन उक्त मद्दत गरिएको हो ।

मस्कोले युक्रेनमा ‘सैन्य अभियान’ सुरु गरेको केही हप्तापछि मार्चको मध्यमा तीन जना चालक दलका सदस्यहरू आफ्नो मिसन सुरु गर्न आईएसएसमा पुगेका थिए ।
गत जुलाईमा रोस्कोस्मोसले पूर्वी युक्रेनमा मस्कोको सेनाको समर्थनमा आवाज उठाउन क्रेमलिन समर्थित लुगान्स्क र डोनेट्स्क क्षेत्रको झण्डा बोकेका तीनै जनाको तस्बिर पोस्ट गरेका थिए ।
मस्कोको नियन्त्रणमा रहेको युक्रेनको लुगान्स्क र डोनेट्स्कसहितका चार वटा क्षेत्रले राष्ट्रपति भ्लादिमिर पुटिनलाई औपचारिक रूपमा ती भूभागहरू रुसमा गाभ्न आग्रह गरिरहेका बेला उनीहरू पृथ्वीमा फर्केका हुन् ।

युक्रेनमा रूसको सैन्य अभियानको प्रतिक्रियास्वरूप पश्चिमी राजधानीहरूले मस्कोमाथि अभूतपूर्व प्रतिबन्धहरू लगाएका छन्, जसमा एयरोस्पेस उद्योग पनि समावेश छ ।

यद्यपि, बढ्दो तनावको बावजुद, अन्तरिक्ष मस्को र वासिङ्टनबीचको सहयोगको अन्तिम बाँकी क्षेत्रहरूमध्ये एक हो।

गत साता नासाका फ्रयाङ्क रूबियो र रूसका सर्गेई प्रोकोपेभ र दिमित्री पेटेलिनले कजाखस्तानको बैकोनुर कोस्मोड्रोमबाट रोस्कोस्मोसबाट सञ्चालित अन्तरिक्षयानबाट अन्तरिक्ष यानमार्फत अन्तरिक्ष केन्द्रमा प्रक्षेपण गरेका थिए ।

यसैबीच रूसकी एक मात्र सक्रिय महिला अन्तरिक्ष यात्री अन्ना किकिना अक्टोबरको सुरुमा स्पेसएक्स क्रु ड्रागनमा चढेर कक्षीय स्टेसनमा जाने अपेक्षा गरिएको छ ।

अमेरिका, क्यानडा, जापान, युरोपेली अन्तरिक्ष निकाय र रूसबीचको सहकार्य रहेको आईएसएसलाई अमेरिकी कक्षीय खण्ड र रुसी कक्षीय खण्ड गरी दुई भागमा विभाजन गरिएको छ । रूसले सन् २०२४ पछि आईएसएस बाट बाहिरिने आफ्नो इच्छा व्यक्त गरेको छ ।

द्वन्द्व र जलवायु परिवर्तनका कारण खाद्य सङ्कट
विश्व खाद्य संगठनले विश्वमा हालैका दिनमा बढ्दै गएको द्वन्द्व तथा विश्वमा सङ्कटपूर्ण रुपमा देखिँदै आएको जलवायु परिवर्तनका कारण विश्वमा खाद्य सङ्कट बढ्दै गएको पाइएको छ ।
विश्वमा अहिलेका तुलनामा आगामी दिनहरुमा खाद्यान्नको सङ्कट बढ्दै जाने देखिएको चेतावनी सो संगठनले बुधबार दिएको हो ।

विश्वमा अहिले खाद्यान्न सङ्कटको समस्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । त्यसका विभिन्न कारणहरु छन् । तीमध्ये विश्वका विभिन्न देशमा जारी रहेको आन्तरिक द्वन्द्व र जलवायु परिवर्तन पनि कारक रहेको सो संगठनले जनाएको हो ।

विश्व खाद्य सङ्गठनका महानिर्देशक क्यु दोङ्युले सो कुरा बताउनुभएको हो । उहाँले यसअघि पनि विश्वका विभिन्न देशहरुमा जारी रहेको आन्तरिक द्वन्द्व खाद्य सङ्कटको कारक रहेकामा अहिले त्यसमा फेरि रुस र युक्रेन थपिएको बताउनुभयो ।

उहाँले रुस र युक्रेनको युद्धले गर्दा विश्वमा खाद्यान्न सङ्कट बढ्दै गएको बताउनुभयो । यी दुई देशका युद्धका कारण विश्वमा अन्य देशहरुमा खाद्यान्न आपूर्ति तथा उत्पादनकै क्षेत्रमा पनि सङ्कट बढेको बताउनुभएको हो ।

मेक्सिकोमा गोली हानेर ६ प्रहरी अधिकारीको हत्या
उत्तरी मेक्सिकोमा बन्दुकधारीहरूले बुधवार ६ जना प्रहरी अधिकारीको गोली हानेर हत्या गरेका छन्। क्यालेरा डे भिक्टर रोजालेसको खेलकुद केन्द्रमा तालिम भइरहेका बेला पाँच प्रहरी अधिकारीको गोली हानेर हत्या भएको हो ।

जाकाटेकास राज्यमा बन्दुकधारीले आक्रमण लगत्तै घटनास्थलमा पुगेका थप दुई कानून प्रवर्तन अधिकारीहरूलाई पनि गोली हानेका थिए। तिमध्ये एक जनाको मृत्यु भएको छ। आक्रमणमा लागूऔषध तस्करको संलग्नता रहेको अनुमान गरिएको छ।

गत जनवरीमा जाकाटेकास राज्यको राजधानीमा गभर्नरको दरबारको अगाडि छोडिएको खेलकुद उपयोगिता गाडीमा १० शव फेला परेका थिए । यसैबीच, पछिल्लो घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

पाकिस्तानमा चिनियाँमाथि हमलाः १ जनाको मृत्यु २ घाइते
पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एउटा दन्त चिकित्सालयमा अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा एक चिनियाँ नागरिकको मृत्यु भएको छ र अन्य दुई जना घाइते भएका छन्। उनीहरूविरुद्ध लक्षित हमला भएको पाकिस्तानी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणकारीहरू बिरामी भएको बहाना गर्दै कराँचीको सदर क्षेत्रमा रहेको क्लिनिकमा प्रवेश गरेका थिए। घाइते हुनेमा एक महिला पनि छन्। पीडित सबै चिनियाँ नागरिक रहेका प्रहरीले पुष्टि गरेको छ। घाइते दुबै जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। उनीहरुको पेटमा गोली लागेको छ । घटबारे अनुसन्धान गर्न सिन्ध प्रान्तका मुख्यमन्त्रीले निर्देशन दिएका छन्।

यसैबीच पाकिस्तानमा केही हप्तायता देखिएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुगेकोमा अहिले फेरी डेङ्गुको प्रकोप थप बढेको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढेको हो । डेङ्गुको प्रकोप बढ्दै गएको र यसबाट मृत्यु हुनेको सङ्ख्या पनि प्रतिदिन बढ्दै गएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले जनाएका छन् ।

यसअघि बाढीबाट पनि बढी क्षति पुगेको पाकिस्तानको सिन्ध प्रान्तमा डेङ्गुको पनि प्रकोप बढेको हो । सो प्रान्तमा मात्र गएको २४ घन्टायता तीन सय ८७ जना डेङगुका बिरामी भेटिएका छन् । यसपछिको प्रभावित क्षेत्र कराँची हो । कराँचीमा मात्र गएको २४ घन्टामा दुई सय ५३ जनामा यसको सङ्क्रमण देखिएको छ ।

सिन्ध र कराँची यस वर्षको मनसुनी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका प्रान्त हुन्, ती क्षेत्रमा बाढीका कारण बढेको फोहर र अन्य कारणहरुले गर्दा यहाँ डेङ्गुको ज्वरोको प्रकोप बढेको बताइएको छ । यी दुई प्रान्तमा गरेर गएको सेप्टेम्बर महिना यतादेखि आजसम्ममा नौ हजार जनाभन्दा बढीमा यसको प्रकोप देखिएको हो ।

सिन्ध प्रान्तमा मात्र छ हजार छ सयजनामा यसको प्रकोप देखिएको छ । यी दुवै प्रान्तमा यसको प्रकोप बढ्दै गएको पाइएको अधिकारीले जनाएका छन् । पाकिस्तानमा यस वर्षको मनसुनबाट प्रभावित अर्को प्रान्त खैबर पाक्थुन्क्वा हो र यहाँ पनि डेङ्गुको प्रकोप बढ्दो देखिएको छ ।

यहाँ पनि यसवर्ष मात्र पाँच हजार जनाभन्दा बढीमा यो संक्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।

अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी
अमेरिकाको फ्लोरिडास्थित दक्षिण–पश्चिम तटीय क्षेत्रमा शक्तिशाली आँधी आएको छ। आँधीका कारण भारी वर्षा र तीव्र हावा चलेको छ। यो आँधी दशकौँ यताको ठूलो र खतरनाक रहेको अधिकारीहरुले बताएका छन्।

खतराको दृष्टिकोणले पाँचौ श्रेणीमा राखिएको आँधीसँगै प्रतिघण्टा २ सय ५० किलोमिटरको गतिमा हावा चलेको छ। आँधीबाट लाखौँ मानिस विस्थापित भएका छन्।

बीबीसीका अनुसार १८ लाखभन्दा बढी मानिसको घरमा बिजुली आपूर्ति बन्द भएको छ। फ्लोरिडाका गर्भनर रोन डिसेनटिसले निकै खतरनाक समय आएको भन्दै प्रार्थना गरेर बस्न अपिल गरेका छन्। फ्लोरिडाको पश्चिमी तटमा ठोक्किएको आँधीका कारण हिजो अमेरिकामा अन्तर्राष्ट्रिय तथा घरेलु गरी चार हजारभन्दा धेरै उडान रद्ध गरिएको छ।

तालिबानद्वारा महिला जुलुसमाथि हवाई फायर
प्रहरीको हिरासतमा रहेकी एक जना महिलाको मृत्यु भएको विरोधमा इरानमा भएको विरोध प्रदर्शनलाई समर्थन गर्ने महिला जुलुसलाई तितरबितर पार्न तालिबान सेनाले बिहीबार गोली चलाएको छ ।

बाइस वर्षीया महसा अमिनीको मृत्यु भएपछि छिमेकी देशहरूमा विगत दुई हप्तादेखि व्यापक विरोध प्रदर्शनहरू भइरहेका छन्।यसैबीच तालिबानले रुससँग गहुँ, ग्यास र तेल खरिद र आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

तालिबानका प्रवक्ताले पेट्रोल, डिजेल, ग्यास र गहुँ लगायतका उत्पादनहरू रूसी मुद्रामा विशेष छुट हुनेगरी खरिद गर्न लागेको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ।

युक्रेन आक्रमण गरेपछि रुसमाथि लगाइएका प्रतिबन्धका कारण यो सम्झौता बताइएको छ । पश्चिमी देशहरूले रुस माथि बन्देज लगाएपछि मस्कोले आफ्नो निर्यात युरोपबाट एसियातर्फ सार्न बाध्य भएको छ।
आर्थिक विकास, व्यापार र ट्रान्जिट तालिबान गत वर्ष अगस्टमा सत्तामा आएदेखि उच्च प्राथमिकतामा राखेको छ । इस्लामिक समूहले यस क्षेत्रका देशहरूसँग कूटनीतिक र आर्थिक संलग्नता जारी राखेको छ ।

यस वर्षको शुरुमा उच्चस्तरीय तालिवान प्रतिनिधिमण्डलले रुसको भ्रमण गरेपछि यो सम्झौता भएको हो। मस्को बाहेक, कयस क्षेत्रका देशका थुप्रै कम्पनीहरूले अफगानिस्तानको निकासी उद्योग क्षेत्रमा लगानी गर्न चासो देखाएका छन्।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ८ : ३५ बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा