सोल्मा विपद् व्यवस्थापन कोषमा ४ लाख ६१ हजार जम्मा « Khabarhub

सोल्मा विपद् व्यवस्थापन कोषमा ४ लाख ६१ हजार जम्मा


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा विपद् व्यवस्थापन कोषको मुलधन साढे चार लाख नाघेको छ। २०७५ सालमा देउसी खेलेर जम्मा भएको ४२ हजार रुपैयाँबाट स्थापना गरिएको कोषको मुलधन चार लाख ६१ हजार ३२५ रुपैयाँ पुगेको हो। तीन लाख ५० हजार मुलधन रहेको कोषमा यसपल्ट खेलिएको देउसीबाट एक लाख ११ हजार ३२५ रुपैयाँ रकम थप हुँदा मुलधन चार लाख ६१ हजार ३२५ रुपैयाँ पुगेको हो।

प्राकृतिक तथा दैवी विपत्तिमा परेका वडाबासीको सहयोगार्थ सोल्मा विपद् व्यवस्थापन कोष खडा गरिएको वडाध्यक्ष एवं कोष सञ्चालक समितिका अध्यक्ष ध्रुवविक्रम राईले बताए।

आगलागी, बाढी पहिरो, चट्याङ, भूकम्प जस्ता प्राकृतिक प्रकोप एवं मुटु, मिर्गौला, क्यान्सर जस्ता दिर्घरोगबाट पीडित भएर समस्यामा परेका स्थानीयलाई कोषमार्फत सहयोग गर्ने गरिएको छ। देउसीको दानबाट सुरु गरिएको कोषलाई वृद्धि गर्दै ५० लाख पुर्‍याएर सो को व्याजबाट प्रकोप पीडितलाई सहयोग गर्ने लक्ष्य राखिएको छ।

हालसम्म प्राकृतिक तथा दैवी विपत्तिमा परेका अशक्तलाई एक लाख ७० हजार सहयोग गरिसकिएको कोष सञ्चालक समितिले जनाएको छ। यसपल्ट एक दिन खेलेको देउसीबाट कोषको मुलधन साढे चार लाख नाघेको हो। आगामी वर्ष दुई दिन देउसी कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता महसुस भएको वडाध्यक्ष एवं सञ्चालक समितिका अध्यक्ष राईले बताए।

दुवै मिर्गौला फेल भएका स्थानीय राजकुमार राईलाई १० हजार, आगलागी पीडित कर्मबहादुर राईलाई ५ हजार र मिर्गौला रोगी ध्रुवबहिनी राईलाई ३ हजार प्रदान गर्दै विपद् व्यवस्थापन कोष स्थापना गरिएको थियो।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ११ : १५ बजे

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा