छठका लागी बागेश्वरी मन्दिरको तलाउ सजाइँदै « Khabarhub

छठका लागी बागेश्वरी मन्दिरको तलाउ सजाइँदै


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

खजुरा– नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा प्रत्येक वर्ष छठ पूजा गर्नेहरूको संख्या बढ्दै गएको छ । छठको रौनक बढेसँगै आज बागेश्वरी मन्दिर आसपास र तलाउको सजावट गरी झकिझकाउ बनाउने कार्य भइरहेको छठ पूजा समितिका संयोजक जितेन्द्रकुमार सिंहले बताए । 

भोलि छठ पर्वको मुख्य दिन हो । व्रतालुहरूले भोलि आइतबार अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिनेछन् । सिंहका अनुसार हाल तलाउ छेउमा टेण्ट, बिजुली बत्तीको सजावट, बाजागाजा, सांस्कृतिक भजन मञ्चको व्यवस्थापन र  सरसफाइको काम बिहानैदेखि सुरु भइसकेको छ ।

बागेश्वरी मन्दिर पार्कमा भजनसहितको सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । भारतको कलकत्ताबाट आएका गायिका दीपिका ओझा र गायक विशाल ओझासहित नौ जनाको समूहले राति छठीमाताको भजन गीतसङ्गीतको कार्यक्रम गर्ने संयोजक सिंहले बताए । सांस्कृतिक कार्यक्रम आइतबार साँझदेखि सोमबार बिहानसम्म हुनेछ । 

पहिले पूर्वी तराईका बासिन्दाले धुमधामले मनाउने छठको रौनक पश्चिममा पनि बढेको साहित्यकार तथा पूर्वप्राज्ञ सनत रेग्मीले बताए । नेपालगञ्जको रानीतलाउका साथै अन्य तालमा पनि छठको रौनक बढेको छ ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुले नुहाएर चोखो एवम् अरवा अरवाइन खाने चलन छ भने दोस्रो दिन प्रसादको रुपमा खीर ग्रहण गरी खरना गर्ने चलन छ । साथै, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिन्छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  २ : १४ बजे

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका