महानगरप्रमुख कोइरालाद्वारा छठ पूजास्थलको अनुगमन | Khabarhub Khabarhub

महानगरप्रमुख कोइरालाद्वारा छठ पूजास्थलको अनुगमन


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले छठ पर्वको तयारीबारे जानकारी लिन घाट निर्माण हुने नहर र खोलाको अनुगमन गरेका छन् । प्रमुख कोइरालाको नेतृत्वमा आज बिहान उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालासहितको टोलीले महानगरले गरेको सरसफाइ, घाटको तयारीलगायतको अनुगमन गरेको हो ।

टोलीले विराटनगरको रानी नहर, शुक्रबारे नहर, पिचरा नहर, केसलिया नहरसहित सिङ्घिया खोलाको अनुगमन गरेको थियो । सो क्रममा रानी नहरमा बगाएर ल्याएको फोहर तत्काल हटाउन प्रमुख कोइरालाले विभागीय कर्मचारीलाई निर्देशन दिएका थिए ।

अनुगमनका क्रममा स्थानीयले महानगरको पहलमा समयमै नहर र खोलाको सरसफाइ गरिएका कारण छठ पूजा गर्न सहज भएको बताएका थिए । उनीहरुले हरेक वर्ष यसरी नै सफाइ गरिदिन आग्रहसमेत गरेका थिए । 

स्थानीयले महानगरले छठलाई उच्च महत्व दिएर नहर र खोलाको सरसफाइ गरेकामा धन्यवादसमेत दिएका थिए । प्रमुख कोइरालाले महानगरले छठ पर्वलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेको बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ३ : ४८ बजे

भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे छलफल

काठमाडौं – टोखा–छहरे खोला सुरुङमार्ग निर्माण, नागढुङ्गा सुरुङमार्ग सञ्चालन र

पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने

पोर्चुगल – युरोपेली मुलुक पोर्चुगलमा सर्वाधिक धनराशिको ‘दोस्रो बुढासुब्बा कप’

पर्साको शिकारीबासमा रुख चढेर फोन गर्नुपर्ने बाध्यता

पर्सा – विकट गाउँका रुपमा परिचत ठोरी गाउँपालिका–३ शिकारीबासका करिब

एलिना चौहान भन्छिन् : गालीगलौज गर्नेहरू माफी माग्दै छन्

काठमाडौं – “पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन