महानगरप्रमुख कोइरालाद्वारा छठ पूजास्थलको अनुगमन « Khabarhub

महानगरप्रमुख कोइरालाद्वारा छठ पूजास्थलको अनुगमन


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले छठ पर्वको तयारीबारे जानकारी लिन घाट निर्माण हुने नहर र खोलाको अनुगमन गरेका छन् । प्रमुख कोइरालाको नेतृत्वमा आज बिहान उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालासहितको टोलीले महानगरले गरेको सरसफाइ, घाटको तयारीलगायतको अनुगमन गरेको हो ।

टोलीले विराटनगरको रानी नहर, शुक्रबारे नहर, पिचरा नहर, केसलिया नहरसहित सिङ्घिया खोलाको अनुगमन गरेको थियो । सो क्रममा रानी नहरमा बगाएर ल्याएको फोहर तत्काल हटाउन प्रमुख कोइरालाले विभागीय कर्मचारीलाई निर्देशन दिएका थिए ।

अनुगमनका क्रममा स्थानीयले महानगरको पहलमा समयमै नहर र खोलाको सरसफाइ गरिएका कारण छठ पूजा गर्न सहज भएको बताएका थिए । उनीहरुले हरेक वर्ष यसरी नै सफाइ गरिदिन आग्रहसमेत गरेका थिए । 

स्थानीयले महानगरले छठलाई उच्च महत्व दिएर नहर र खोलाको सरसफाइ गरेकामा धन्यवादसमेत दिएका थिए । प्रमुख कोइरालाले महानगरले छठ पर्वलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेको बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ३ : ४८ बजे

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा